यस्ताेे छ विश्वलाई चकित बनाइरहेकाे हातको इशारामा नाच्ने कार

चीनको अग्रणी अटोमोबाइल कम्पनी बीवाईडी अन्तर्गतको प्रिमियम ब्रान्ड याङवाङले आफ्नो नयाँ इलेक्ट्रिक कार याङवाङ यु७ सार्वजनिक गर्दै संसारकै पहिलो ‘नाच्ने कार’को रूपमा चर्चा कमाएको छ। मालिकको हातको इशारामा कार नाचेजस्तो देखिने भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त भिडियोमा याङवाङ यु७ कार आफ्नो अगाडि उभिएको व्यक्तिको हात हल्लाउने शैलीअनुसार उफ्रिँदै, झुक्दै र नाचेजस्तो हल्लिँदै गरेको देखिन्छ। सो भिडियो एक्स प्लेटफर्ममा साझा भएपछि विश्वभरका कार प्रेमीहरूबीच ठूलो चासोको विषय बनेको छ। धेरैले यसलाई विज्ञान कथाजस्तै अनुभव भनेका छन्, तर यो पूर्ण रूपमा वास्तविक प्रविधिमा आधारित भएको कम्पनीले जनाएको छ।

याङवाङ यु७ को यो अनौठो ‘नृत्य’ कुनै जादू होइन, बरु बीवाईडीको अत्याधुनिक प्रविधिको परिणाम हो। कारमा जडान गरिएका उच्च संवेदनशील सेन्सरहरूले चालक वा मालिकको हातको इशारालाई पहिचान गर्छन् र त्यसअनुसार सस्पेन्सन प्रणालीलाई निर्देशन दिन्छन्। यही प्रविधिका कारण कारका प्रत्येक पाङ्ग्रा स्वतन्त्र रूपमा माथि–तल र दायाँ–बायाँ चल्न सक्छन्, जसले कारलाई नाचिरहेको जस्तो दृश्य सिर्जना गर्छ।

याङवाङ यु७ मा ४ वटा इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले संयुक्त रूपमा १३४१ हर्सपावर उत्पादन गर्छ । कारले मात्र २.९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्छ। यसमा रियर ह्विल स्टेयरिङ प्रविधि पनि समावेश गरिएको छ ।

यसमा १५० किलोवाट आवर क्षमताको ठूलो ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा १००६ किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ। कम्पनीका अनुसार सो कारले १०० किलोमिटर यात्रा गर्न मात्र १७.७ किलोवाट आवर बिजुली खपत गर्छ ।

सम्बन्धित समाचारहरू

जापानी बजारका लागि बीवाईडीले ल्यायो नयाँ केई कार, यस्तो छ विशेषता

जापानी बजारका लागि बीवाईडीले ल्यायो नयाँ केई कार, यस्तो छ विशेषता

बीवाईडीले टोकियो मोटर शोमा जापानी बजारका लागि भनेरै डिजाइन गरिएको आफ्नो...

बीवाईडी ब्लेड ब्याट्रीयुक्त टेस्ला मोडल वाई सार्वजनिक

बीवाईडी ब्लेड ब्याट्रीयुक्त टेस्ला मोडल वाई सार्वजनिक

बीवाईडीको एलएफटी ब्याट्रीबाट चल्ने पहिलो टेस्ला मोडल जर्मनीको...

संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलनमा बीवाईडीको साथ, १३० वटा न्यू इनर्जी भेइकल प्रदान

संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलनमा बीवाईडीको साथ, १३० वटा न्यू इनर्जी भेइकल प्रदान

काठमाडौं– विश्वको सबैभन्दा ठूलो ईभी निर्माता बीवाईडीले ब्राजिलमा भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...