इटहरीमा ट्रायम्फ मोटरसाइकल एक्सचेन्ज क्याम्प सुरु, यस्ता छन् आकर्षक अफर

इटहरी – ट्रायम्फ मोटरसाइकल नेपालले इटहरीस्थित आफ्नो आधिकारिक डिलर अटो सिटीसँगको सहकार्यमा बहुप्रतीक्षित ट्रायम्फ मोटरसाइकल एक्सचेन्ज क्याम्प सुरु गरेको छ। माघ १२ देखि सुरु भएको सो एक्सचेन्ज क्याम्प धरान–१५, दशरथपथ स्थित बिग फुट फुटसलमा चलिरहेको छ र आगामी माघ १७ सम्म चल्ने छ ।

६ दिनसम्म चल्ने सो एक्सचेन्ज क्याम्पमा सबै ब्रान्डका मोटरसाइकलधनीहरूलाई आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर सजिलै एक्सचेन्ज गरी प्रिमियम ट्रायम्फ मोटरसाइकलमा अपग्रेड गर्ने उत्कृष्ट अवसर प्रदान गरिने छ। उक्त क्याम्प नेपालमा ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिद्वारा आयोजना गरिएको हो।

नेपालको पूर्वी क्षेत्रका मोटरसाइकल पारखीहरूसँग प्रत्यक्ष जोडिनु र ट्रायम्फको विश्वस्तरीय प्रदर्शन, डिजाइन र समृद्ध विरासत अनुभव गराउने उद्देश्यले यो पहल गरिएको कम्पनीको भनाइ छ । सो एक्सचेन्ज क्याम्पमा स्पट एक्सचेन्ज अफर अन्तर्गत जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटरहरू सजिलै एक्सचेन्ज गर्न सकिने छ । त्यसैगरी प्रयोग भइसकेका दुईपांग्रे सवारीसाधनहरूका लागि प्रतिस्पर्धी तथा उत्तम बजार मूल्य सुनिश्चित हुने गरी उत्तम मूल्यांकन ग्यारेन्टी प्रदान गरिने छ ।

न्यून डाउन पेमेन्ट र सहज ईएमआई विकल्पहरूसहित सजिलो फाइनान्स व्यवस्था उपलब्ध हुनेछ भने खरिद गर्नु अघि ट्रायम्फ मोटरसाइकलको उत्कृष्ट प्रदर्शन प्रत्यक्ष अनुभव गर्ने अवसरका रुपमा टेस्ट राइड अवसर उपलब्ध हुनेछ । त्यसैगरी एक्सचेन्जमा १५ हजार रुपैयाँ सम्मको थप मूल्याङ्कन हुनेछ भने प्रत्येक ट्रायम्फ मोटरसाइकलको खरिदमा आकर्षक प्रिमियम हेल्मेट उपहार प्राप्त हुनेछ ।

उत्कृष्ट इन्जिनियरिङ तथा स्टाइलको विरासत बोकेको ट्रायम्फमा अपग्रेड गर्नका लागि यो सुनौलो अवसर हो।

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाका भन्छन्, ‘अहिलेसम्मको प्रतिक्रिया अत्यन्तै उत्साहजनक रहेको छ। प्रिमियम मोटरसाइक्लिङलाई अझ सुलभ बनाउन पाउँदा र राइडरहरूलाई यसमा सहयोग गर्न पाउँदा हामी पनि उत्साहित छौँ।’

नेपालभर आफ्नो उपस्थितिलाई विस्तार गर्दै गएको ट्रायम्फले आगामी दिनहरूमा अझ धेरै ग्राहक–केन्द्रित कार्यक्रमहरू ल्याउने अपेक्षा गरिएको समेत बताइएको छ ।

सम्बन्धित समाचारहरू

स्टक क्लियरेन्स अफर : हार्टफोर्ड भीआर १५० एच अब ३ लाख ६० हजारमा, १ लाख ३० हजार छुट

स्टक क्लियरेन्स अफर : हार्टफोर्ड भीआर १५० एच अब ३ लाख ६० हजारमा, १ लाख ३० हजार छुट

काठमाडौं – हार्टफोर्ड बाइकको नेपालका लागि आधिकारिक वितरक इग्निसन अटोले...

एड्भेन्चर मोटरसाइकल जोनसेन क्यारेरामा फेस्टिभ अफर, यस्तो छ छुट र अन्य सुविधा

एड्भेन्चर मोटरसाइकल जोनसेन क्यारेरामा फेस्टिभ अफर, यस्तो छ छुट र अन्य सुविधा

एड्भेन्चर टुरिङ रुचाउने राइडरहरुका लागि लक्ष्यित गरी नेपाली बजारमा हालै...

इनड्राइभद्वारा बाढी/पहिरो पीडितलाई घर हस्तान्तरण

इनड्राइभद्वारा बाढी/पहिरो पीडितलाई घर हस्तान्तरण

काठमाडौं– विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म, इनड्राइभले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...