टाटा मोटर्सद्वारा एडास सुविधासहित नयाँ पुस्ताका १७ ट्रक सार्वजनिक

टाटा मोटर्सले भारतमा ७ टनदेखि ५५ टन क्षमतासम्मका १७ नयाँ पुस्ताका व्यावसायिक सवारी साधन पेश गरेको छ। कम्पनीका अनुसार यी ट्रकहरूले सुरक्षा, नाफा, प्रविधि र सस्टेनेबिलिटीमा नयाँ बेन्चमार्क स्थापना गर्नेछ ।

टाटा मोटर्सले आईएलएमसीभी सेगमेन्टका लागि पूर्ण रूपमा नयाँ टाटा अजुरा ट्रक प्रस्तुत गरेको छ, जुन ७ टनदेखि १९ टन श्रेणीमा उपलब्ध हुनेछ । यसमा नयाँ ३.६ लिटर डिजेल इन्जिन प्रयोग गरिएको छ । यसमा डी प्लस२ सिटिङ, रिक्लाइनिङ सिट, थप भण्डारण सुविधा र चालकको सहजतामा केन्द्रित नयाँ वाक–थ्रु क्याबिन समावेश गरिएको छ। सो ट्रक ई–कमर्स, एफएमसीजी, ह्वाइट गुड्स, निर्माण सामग्री, कृषि उद्योग लगायतका लागि उपयुक्त बनाइएको छ।

इलेक्ट्रिक व्यावसायिक सवारीतर्फको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै टाटा मोटर्सले टाटा ट्रक्स.ईभी ब्रान्ड अन्तर्गत ७ टनदेखि ५५ टनसम्मका इलेक्ट्रिक ट्रक पनि पेश गरेको छ। यी ट्रकहरू नयाँ इन्टलिजेन्ट मोड्युलर इलेक्ट्रिक भेइकलमा आधारित छ । यस अन्तर्गत ७, ९ र १२ टन क्षमताका शून्य–उत्सर्जन अल्ट्रा ईभी ट्रक शहरी तथा क्षेत्रीय सञ्चालनका लागि ल्याइएको छ । त्यसैगरी ४७० किलोवाट पावर र ४५३ किलोवाट आवर ब्याट्री भएको प्राइमा ई.५५एस प्राइम मूभर र खानी तथा निर्माण क्षेत्रका लागि प्राइमा ई.२८के इलेक्ट्रिक टिपर पनि प्रस्तुत गरिएको छ।

सेफ्टीका लागि ट्रकहरू युरोपियन ईसीई आर२९-०३ क्र्यास मापदण्डअनुसार डिजाइन गरिएका क्याबिन संरचनासहित आएको छ । अजुरा, सिग्ना, प्राइमा र अल्ट्रा रेन्जका क्याबिनले फ्रन्टल इम्प्याक्ट, साइड इम्प्याक्ट र रोलओभर जस्ता अवस्थामा चालकको सुरक्षा बढाउने गरी संरचना तयार गरिएको छ। यसका साथै, २३ भन्दा बढी उन्नत एक्टिभ सेफ्टी प्रविधि समावेश गरिएको छ ।

नयाँ पुस्ताका यी ट्रकहरूमा अपग्रेड गरिएको ड्राइभट्रेन र कन्फिगरेसन प्रयोग गरिएकाले पेलोड क्षमता १.८ टनसम्म बढ्ने र इन्धन दक्षता करिब ७ प्रतिशतसम्म सुधार हुने दाबी गरिएको छ । साथै, अपग्रेड गरिएको ६.७ लिटर कमिन्स डिजेल इन्जिनले उच्च शक्ति र राम्रो माइलेज प्रदान गर्ने बताइएको छ।

सम्बन्धित समाचारहरू

टाटा कर्भ ईभीद्वारा कश्मीर देखि कन्याकुमारी सम्म सबैभन्दा छिटो ड्राइभको रेकर्ड कायम

टाटा कर्भ ईभीद्वारा कश्मीर देखि कन्याकुमारी सम्म सबैभन्दा छिटो ड्राइभको रेकर्ड कायम

टाटा कर्भ ईभीले भारतको कश्मीर देखि कन्याकुमारी सम्मको ३ हजार ८२३...

टाटा एक्सप्रेस-टी ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा

टाटा एक्सप्रेस-टी ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा

टाटा मोटर्सको एक्सप्रेस-टी विद्युतीय ट्याक्सीको फास्ट चार्जर...

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

काठमाडौं –  हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...