पुस महिना सम्म कति भित्रिए नेपालमा ईभी ? यस्तो देखियो तथ्यांक

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ६ महिना अर्थात साउन देखि पुस सम्म ५ हजार ७१ युनिट विद्युतीय सवारीसाधन अर्थात ईभी कार, जिप र भ्यान नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि पुस सम्मको तथ्यांकले यो देखाएको हो ।

यो भन्दा पहिले गत मंसिर सम्ममा ३ हजार ७९८ युनिट ईभी आयात भएका थिए । यस अनुसार पुस महिनामा मात्र १ हजार २७३ युनिट ईभी आयात भएका छन् ।

यस अवधिमा ५० किलोवाट सम्मका १ हजार ५८५ युनिट ईभी नेपाल भित्रिएका छन् । यस्तै, ५१ देखि १०० किलोवाट सम्मका ३ हजार १७ युनिट, १०१ देखि २०० किलोवाट सम्मका ४६३ युनिट र २०१ देखि ३०० किलोवाट सम्मका ६ युनिट ईभी नेपालमा आयात भएको भन्सार विभागले जनाएको छ ।

यो भन्दा पहिले मंसिर महिनामा ५० किलोवाट सम्मका १ हजार २१५ युनिट ईभी नेपाल भित्रिएका छन् । यस्तै, ५१ देखि १०० किलोवाट सम्मका २ हजार १६४ युनिट, १०१ देखि २०० किलोवाट सम्मका ४१४ युनिट र २०१ देखि ३०० किलोवाट सम्मका ५ युनिट ईभी नेपालमा आयात भएको भन्सार विभागले जनाएको छ ।

पुस महिना सामान्यतः ईभी आयात धेरै नहुने महिना नै हो । यो भन्दा पहिले गत वर्षको पुस महिना सम्म ५ हजार ४८० ईभी आयात भएका थिए भने यो भन्दा पहिले २०८० सालको पुस मसान्त सम्म ४ हजार ८०७ ईभी आयात भएका थिए । यस अनुसार समग्र ईभी आयात पहिलेको वर्ष जस्तै नै छ ।

यी मध्ये सबैभन्दा धेरै ईभी चीन र त्यसपछि भारतबाट भित्रिएका छन् ।

सम्बन्धित समाचारहरू

चीनमा विवाइडी करको विक्रीमा उछाल, बजार हिस्सा १२.७ प्रतिशत पुग्यो

चीनमा विवाइडी करको विक्रीमा उछाल, बजार हिस्सा १२.७ प्रतिशत पुग्यो

गत महिना चीनमा प्यासेन्जर कारको बिक्री अघिल्लो वर्षको सोही महिनाको...

चाइनिज न्यु इयर कप फुटबलमा मुख्य प्रायोजन बीवाईडीले गर्ने

चाइनिज न्यु इयर कप फुटबलमा मुख्य प्रायोजन बीवाईडीले गर्ने

काठमाडौं – बीवाईडीले नेपाल–चीन मैत्रीपूर्ण फुटबल म्याच ‘चाइनिज न्यु इयर...

३ फरक क्लासलाई लक्षित गरी ३ दिनको फरकमा लन्च गरिएका ३ इलेक्ट्रिक कार

३ फरक क्लासलाई लक्षित गरी ३ दिनको फरकमा लन्च गरिएका ३ इलेक्ट्रिक कार

यो महिना नेपाली बजारमा ३ नयाँ इलेक्ट्रिक कार सार्बजनिक गरिए । ३ दिनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...