चर्चामा ३ मिनेटमै दुई लाख बुकिङ भएकाे इलेक्ट्रिक एसयूभी वाईयु७
चीनमा हालै लन्च गरिएको शाओमीको इलेक्ट्रिक एसयूभी शाओमी वाईयु७ को बुकिङ...
फरारीलाई संसारकै सबैभन्दा छिटो र शक्तिशाली स्पोर्ट्स कार निर्माता मानिन्छ। दशकौँदेखि रेसिङ संसारमा आफ्नो प्रभुत्व जमाउँदै आएको फरारीको नाम नै गति, शक्ति र उत्कृष्ट इन्जिनियरिङको प्रतीक हो । तर हालै अबुधाबीमा सम्पन्न एउटा ड्र्याग रेसमा प्रसिद्ध चिनियाँ स्मार्टफोन निर्माता शाओमीको इलेक्ट्रिक कारले फरारीलाई पराजित गर्दै विश्वलाई चकित बनाएको छ।
यो रोमाञ्चक दौड कारवावले अबुधाबीमा आयोजना गरेको थियो। ड्र्याग रेसमा शाओमीको नयाँ इलेक्ट्रिक सेडान एसयू७ अल्ट्रा र फरारीको सुपरकार एसएफ९० एक्सएक्स बिच भएको थियो । सो रेसमा शाओमीको इलेक्ट्रिक कार बढी शक्तिशाली देखिन्थ्यो। तर फरारी आफ्नो हल्का तौल, उत्कृष्ट सन्तुलन र इन्जिनियरिङका कारण कडा प्रतिस्पर्धा दिन सक्ने अवस्थामा थियो। अझ दौड भएको दिन मरुभूमिको बालुवाका कारण ट्र्याक निकै चिप्लो थियो। यस्तो अवस्थामा इलेक्ट्रिक कारको तुरुन्तै उपलब्ध हुने टर्क र एडभान्स्ड ट्र्याक्सन कन्ट्रोल सिस्टम ठूलो फाइदा बन्न पुग्यो।
४०० मिटरको ड्र्याग रेस सुरु हुने बित्तिकै शाओमी एसयू७ अल्ट्राले बिजुलीको गतिमा अग्रता लियो। कारले केवल ९.३ सेकेन्डमै दौड पूरा गर्यो । फरारी एसएफ९० एक्सएक्सले यही दूरी पार गर्न १०.२ सेकेन्ड लियो । समयको यो अन्तरले नै शाओमीको इलेक्ट्रिक कारको क्षमतालाई स्पष्ट रूपमा देखायो।
८०० मिटरको दौडमा पनि शाओमीले आफ्नो प्रभुत्व कायम राख्यो। एसयू७ अल्ट्राले १४.५ सेकेन्डमा दूरी पार गर्दा फरारीलाई १५.७ सेकेन्ड लाग्यो। एक इलेक्ट्रिक सेडान कारले फरारीजस्तो प्रतिष्ठित सुपरकारलाई यति सजिलै र ठूलो अन्तरले हराएको देखेर फरारी चालकहरू आफैं अचम्मित देखिए।
चीनमा हालै लन्च गरिएको शाओमीको इलेक्ट्रिक एसयूभी शाओमी वाईयु७ को बुकिङ...
लक्जरी कार निर्माता कम्पनी फरारी पनि अब इलेक्ट्रिक सेगमेन्टमा प्रवेश...
शाओमीले आफ्नो दोस्रो इलेक्ट्रिक एसयूभी शाओमी वाईयू७ को टिजर जारी गरेको छ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...