याङ्गो राइडद्वारा नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कारसहित सम्मान कार्यक्रम आयोजना
काठमाडौं । याङ्गो राइड नेपालले आफ्नो नियमित मासिक ड्राइभर सम्मान...
विश्वप्रसिद्ध ट्रक निर्माता डीएएफले दुई नयाँ इलेक्ट्रिक ट्रक एक्सजी र एक्सजी प्लस इलेक्ट्रिक पेश गरेको छ । सो गाडी लामो दूरीको यात्रा गर्ने चालकको आवश्यकता र आरामलाई केन्द्रमा राखेर डिजाइन गरिएको हो । सो गाडी फुल चार्ज गर्दा ५०० किलोमिटरसम्म यात्रा गर्न सक्छ ।
डीएएफ एक्सजी र एक्सजी प्लस इलेक्ट्रिकको सबैभन्दा आकर्षक पक्ष भनेको यसको विशाल र आरामदायी क्याबिन हो। सामान्य ट्रकको क्याबिनभन्दा ३३ सेन्टिमिटर लामो बनाइएको यस क्याबिनको उचाइ २.२ मिटर छ, जसका कारण औसत उचाइको व्यक्ति सजिलै सीधा उभिन सक्छ। यसमा ८० सेन्टिमिटर चौडा ओछ्यान जडान गरिएको छ, जसले चालकलाई यात्राबीच सहज र गहिरो निद्रा लिन मद्दत गर्छ।
यसमा जडान गरिएको इलेक्ट्रिक मोटरले ४८० हर्ससम्मको पावर उत्पादन गर्छ, जसका कारण भारी सामान बोकेर पनि उकालो र भिरालो सडकमा सजिलै चल्न सक्छ। यसमा ३ स्पिड अटोमेटिक गियरबक्स प्रयोग गरिएको छ ।
लामो दूरी र चार्जिङ क्षमताका हिसाबले पनि डीएएफका यी ट्रकहरू निकै अघि देखिन्छन्। एक पटक फुल चार्ज गर्दा ५०० किलोमिटरसम्म यात्रा गर्न सक्ने यी ट्रकहरू एकै दिनमा करिब १ हजार किलोमिटरसम्म चलाउन सकिन्छ। फास्ट चार्जिङ प्रविधिको सहयोगले यसको ब्याट्री १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न मात्र ४५ मिनेट लाग्छ।
सो ट्रकहरूमा एलएफपी अर्थात् लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ । यी ब्याट्रीहरू दैनिक रूपमा १०० प्रतिशतसम्म चार्ज गर्न सकिने भएकाले लामो समयसम्म क्षमतामा कमी नआउने कम्पनीको दाबी छ। यसमा कम्पनीले ८ वर्षको वारेन्टीसमेत प्रदान गरेको छ।
काठमाडौं । याङ्गो राइड नेपालले आफ्नो नियमित मासिक ड्राइभर सम्मान...
हाल विश्वभर निर्माण भइरहेका सबै एसयूभीमा कार निर्माता कम्पनीहरुले...
राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले हिजोदेखि औपचारिक रूपमा नेपालमा सेवा सुरू...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...