टाटा गुरु सुभाष शर्माको उपचारमा सिप्रदीले गर्‍यो आर्थिक सहयोग

काठमाडौं - टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रालिका ‘टाटा गुरु’ सुभाष शर्मा गम्भीर स्नायु सम्बन्धी (न्युरोलोजिकल) समस्याका कारण काठमाडौंस्थित अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेसमा उपचाररत रहेका छन् ।

ललितपुरको सानेपा निवासी शर्मा लामो समयदेखि अटोमोबाइल क्षेत्रमा आफ्नो सीप, दक्षता र अनुभवमार्फत योगदान पुर्याउँदै आएका व्यक्तित्व हुन् । चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्थाको जटिलताका कारण दीर्घकालीन उपचार आवश्यक परेको छ, जसका कारण उपचार खर्च व्यवस्थापनमा परिवारलाई आर्थिक चुनौती उत्पन्न भएको छ ।

यस संवेदनशील समयमा सिप्रदी अटो पार्ट्सले सामाजिक उत्तरदायित्वअन्तर्गत ‘सिप्रदी सहायता’ मार्फत शर्माको उपचारका लागि प्रारम्भिक आर्थिक सहयोग उपलब्ध गराइसकेको छ । कम्पनीले देखाएको यो पहलले कर्मचारीप्रतिको जिम्मेवारी र मानवीय संवेदनालाई स्पष्ट रूपमा उजागर गरेको छ ।

शर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सिप्रदी अटो पार्ट्सले यस कठिन घडीमा विभिन्न संघ–संस्था, सरोकारवाला निकाय तथा सहयोगी मनहरूलाई मानवीय आधारमा यथोचित सहयोग गरिदिन पनि अपिल गरेको छ ।

सम्बन्धित समाचारहरू

११ लाख ४९ हजार भारुमै आयो टाटा सिएरा, यस्तो छ विशेषता

११ लाख ४९ हजार भारुमै आयो टाटा सिएरा, यस्तो छ विशेषता

टाटा मोटर्सले आफ्नो वहुप्रतिक्षित फेमिली कार सिएरा एसयूभी लन्च गरेको छ ।...

घटस्थापनाको अवसरमा टाटा मोटर्सद्वारा अल्ट्रोज बीएस६ एक्सएम प्लस नेपालमा सार्वजनिक

घटस्थापनाको अवसरमा टाटा मोटर्सद्वारा अल्ट्रोज बीएस६ एक्सएम प्लस नेपालमा सार्वजनिक

काठमाडौ – टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज बीएस६ को...

भक्तपुरमा पनि ‘एक्सप्रेस–टी’ डेडिकेटेड सर्भिस सेन्टर शुभारम्भ

भक्तपुरमा पनि ‘एक्सप्रेस–टी’ डेडिकेटेड सर्भिस सेन्टर शुभारम्भ

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...