संसारकै पहिलो फोल्डिङ स्टेयरिङ ह्विल, २०२६ देखि उत्पादन सुरु हुने

अटोमोटिभ सुरक्षा कम्पनी अटोलिभ र प्रविधि कम्पनी टेन्सरले मिलेर संसारको पहिलो फोल्डेबल स्टेयरिङ ह्विल विकास गरेका छन् । यो अनौठो स्टेयरिङ ह्विल प्रयोगमा नआउँदा आफैं फोल्ड भएर ड्यासबोर्डभित्र पस्छ । भविष्यका अटोमेटिक कारलाई ध्यानमा राखेर तयार गरिएको सो प्रविधि टेन्सर रोबोकार नामक विशेष सवारी साधनमा जडान गरिनेछ ।

सो फोल्डिङ स्टेयरिङ ह्विलले दुई फरक मोडमा काम गर्नेछ। जब चालकले आफैं गाडी चलाउँछ, त्यसबेला यो सामान्य स्टेयरिङ ह्विलझैं प्रयोग गर्न सकिन्छ। तर गाडी अटोमेटिक मोडमा गएपछि स्टेयरिङ ह्विल भित्रतिर फर्किन्छ र पूर्ण रूपमा ड्यासबोर्डभित्र लुक्छ।

स्टेयरिङ ह्विल र पेडलका कारण परम्परागत कारमा चालकको खुट्टा राख्ने ठाउँ सीमित हुन्छ। तर यो नयाँ प्रविधिमा स्टेयरिङ ह्विल फोल्ड भएर हटेपछि क्याबिनभित्र निकै खुला स्थान उपलब्ध हुनेछ। यसले कारको भित्री भागलाई कोठा वा लाउन्जजस्तै बनाउनेछ ।

स्टेयरिङ ह्विल लुक्दा सुरक्षाको विषयमा उठ्ने प्रश्नलाई पनि कम्पनीले समाधान गरेको छ। जब गाडी म्यानुअल मोडमा हुन्छ र चालकले स्टेयरिङ समातेको अवस्थामा दुर्घटना भएमा, स्टेयरिङ ह्विलमै रहेको एयरब्याग तैनाथ हुनेछ। तर गाडी अटोमेटिक मोडमा रहेर स्टेयरिङ ह्विल ड्यासबोर्डभित्र लुकेको अवस्थामा दुर्घटना भएमा, ड्यासबोर्डभित्रै राखिएको विशेष एयरब्याग सक्रिय हुनेछ । कम्पनीका अनुसार दुवै अवस्थामामा यात्रुहरूको सुरक्षा सुनिश्चित गरिनेछ।

सामान्यतया यस्ता प्रविधि कम्सेप्ट कारमा मात्र देख्न पाइन्छ, तर टेन्सरले यसलाई वास्तविक प्राेडक्सन कारमै प्रयोग गर्न लागेको छ । टेन्सर रोबोकार अमेरिका, युरोप र मध्य पूर्वका बजारमा लन्च गरिने तयारीमा छ। रिपोर्टका अनुसार २०२६ को दोस्रो त्रैमासिकदेखि यसको ठूलो मात्रामा उत्पादन सुरु हुनेछ ।  

सम्बन्धित समाचारहरू

ट्रकभरी पैसा बोकेर सुन तस्करी गर्न चीन जाँदै थिए ‘फुच्चे’, काठमाडौंमै समातिए

ट्रकभरी पैसा बोकेर सुन तस्करी गर्न चीन जाँदै थिए ‘फुच्चे’, काठमाडौंमै समातिए

काठमाडौं – अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका...

ड्राइभिङ लाइसेन्स आवेदनमा भएका त्रुटि अब यातायात व्यवस्था तथा सेवा कार्यालयबाटै सच्याउन सकिने

ड्राइभिङ लाइसेन्स आवेदनमा भएका त्रुटि अब यातायात व्यवस्था तथा सेवा कार्यालयबाटै सच्याउन सकिने

काठमाडौं – अब प्रदेश मातहतका यातायात व्यवस्था तथा सेवा कार्यालयहरूबाटै...

पर्यटन यातायातमा निःशुल्क महिला लाइट ड्राइभर बन्ने अवसर, यसरी दिन सकिन्छ आवेदन

पर्यटन यातायातमा निःशुल्क महिला लाइट ड्राइभर बन्ने अवसर, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं – पर्यटन यातायात क्षेत्रमा महिलाको सहभागिता बढाउने तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...