भिनफास्टले भारतमा बेच्यो १ हजार बढी ईभी

भियतनामी ईभी निर्माता भिनफास्टले भारतमा ईभी बिक्री थालेको ४ महिना पुरा भएको छ । उक्त अबधीमा कम्पनीले १ हजार भन्दा बढी युनिट ईभी बिक्री गर्न सफल भएको छ ।

भिनफास्टले २०२५ मा तीन महिनाको अवधिमा लगभग ८३० युनिट कार बिक्री गरेको थियो । २०२६ मा बिक्रीले गती लिन थालेको र हालसम्म २०० भन्दा बढी ईभी बिक्री भएको बताइएको छ ।

टाटा मोटर्स, एमजी र महिन्द्रा पछि भारतमा चौथो प्रमुख ईभी ब्रान्डको रूपमा देखा परेको भिनफास्टले गत वर्ष सेप्टेम्बरमा भीएफ६ र भीएफ ७ मध्यम आकारको इलेक्ट्रिक एसयूभीको सुरुवातसँगै भारतमा आफ्नो सञ्चालन सुरु गरेको थियो ।

भीएफ६ मा २०१ बिएचपी र ३१० एनएम टर्क जेनेरेट गर्न सक्षम सिंगल मोटर उपलब्ध गराइएको छ । ५९.६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको यस कारले ४८० किलोमिटर रेन्ज प्रदान गर्दछ ।

त्यसैगरी, भीएफ ७ ५९.६ किलोवाट आवर र ७०.८ किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा उपलब्ध छ । सिंगल चार्जमा ४८० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको यस मोडलमा सिंगल र डुअल मोटरको विकल्प पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

वर्ल्डलिंकको भुक्तानीमा नामीको ईभी जित्ने अफर

वर्ल्डलिंकको भुक्तानीमा नामीको ईभी जित्ने अफर

काठमाडौं- नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दसैंको...

भारत र दक्षिण कोरियाबाट भित्रिन्छन् नेपालमा किया गाडी, यस्तो छ मूल्य सूची

भारत र दक्षिण कोरियाबाट भित्रिन्छन् नेपालमा किया गाडी, यस्तो छ मूल्य सूची

नेपाली बजारमा कियाका गाडीहरु भारत र दक्षिण कोरियाबाट भित्रिने गरेका छन् ।...

किन किन्नु हुँदैन ‘आर एन्ड डी’ नभएको इलेक्ट्रिक स्कुटर ?

किन किन्नु हुँदैन ‘आर एन्ड डी’ नभएको इलेक्ट्रिक स्कुटर ?

नेपालमा इलेक्ट्रिक सवारी साधनको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...