साउदी अरबबाट आइएमईमार्फत पैसा पठाउँदा बीवाईडी एट्टो १ ईभी जित्ने अवसर

काठमाडौं - आइएमई लिमिटेडले डिजिटल वालेट ‘टिक्मो’ मार्फत ‘आइएमई गरौं, उपहार जितौं’ योजना सार्वजनिक गरेको छ ।

पौष २१ देखि चैत्र १७ सम्म सञ्चालन हुने यस अभियानअन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले टिक्मो अनुप्रयोग प्रयोग गरी आइएमईमार्फत पैसा पठाउँदा आकर्षक उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएकाे छ ।

यस योजनाअन्तर्गत ठुलो पुरस्कार स्वरूप एकजना भाग्यशाली विजेताले बीवाईडी एट्टो १ ईभी प्राप्त गर्नेछन् । त्यस्तै, मासिक रूपमा दुईजना विजेताले याडिया ओविन विद्युतीय स्कुटर जित्नेछन् भने साप्ताहिक लक्की ड्रमार्फत १२ जना भाग्यशाली विजेताले आइफोन १७ प्राप्त गर्नेछन् ।

टिक्मोमार्फत सञ्चालन हुने यस उत्सव योजनामा कुल १५ जना सहभागी उपहार पाउनेछन् । सबै विजेताको छनोट पारदर्शी डिजिटल लक्की ड्र प्रणालीमार्फत गरिने आइएमईले जनाएको छ ।

साउदी अरबमा वैदेशिक रोजगारी गरिरहेका नेपालीहरूले कमाएको रकम सुरक्षित, छिटो र विश्वसनीय रूपमा नेपालमा रहेका आफ्ना परिवारजनसम्म पठाउँदै आएका छन् । डिजिटल प्रविधिको तीव्र विकाससँगै पैसा पठाउने प्रक्रिया अझ सहज र सरल बनेको आइएमईले जनाएको छ ।

सम्बन्धित समाचारहरू

जीडब्ल्युएमका गाडीमा फाइनान्स सुविधा उपलब्ध गराउन एभरेष्ट बैंकसँग सहकार्यको घोषणा

जीडब्ल्युएमका गाडीमा फाइनान्स सुविधा उपलब्ध गराउन एभरेष्ट बैंकसँग सहकार्यको घोषणा

काठमाडौं – नेपालमा जीडब्ल्युएम अर्थात ग्रेटवाल मोटर्सका सवारी साधन...

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च हुने अन्तिम तयारीमा

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च हुने अन्तिम तयारीमा

रोयल इन्फिल्डले इलेक्ट्रिक सवारी क्षेत्रमा प्रवेश गर्ने तयारी गरेको छ।...

नेपाली युवाहरुले बनाएको दुई इलेक्ट्रिक बाइक मूल्य सहित आज सार्वजनिक हुँदै

नेपाली युवाहरुले बनाएको दुई इलेक्ट्रिक बाइक मूल्य सहित आज सार्वजनिक हुँदै

काठमाडौं – असिम पाण्डे नेतृत्वको युवा समूहले तयार गरेका दुई मोडलका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...