मित्सुबिशी पजेरो पुनरागमनको संकेत, नयाँ पुस्ता २०२६ मा आउन सक्ने

सन् २०१९ मा जापानमा मित्सुबिशी पजेरोको उत्पादन बन्द भएपछि यसका प्रशंसकहरू निराश भएका थिए। यद्यपि, ट्राइटन पिकअपमा आधारित पजेरो स्पोर्टको रूपमा नाम भने जीवित नै रह्यो। तर सन् २०२३ मा ट्राइटनले पूर्ण रूपमा नयाँ पुस्ता पाएपछि पनि नयाँ पजेरो स्पोर्ट सार्वजनिक नहुँदा यसको भविष्यलाई लिएर अड्कलहरू चलिरहेका थिए।

अब भने त्यो प्रतीक्षा अन्त्य हुने संकेत देखिएको छ। मित्सुबिशीको र्‍यालीआर्ट मोटरस्पोर्ट डिभिजनले हालै सार्वजनिक गरेको एउटा टिजर भिडियोले पजेरोको उत्तराधिकारी हुन सक्ने नयाँ एसयूभीको झलक देखाएको छ।

यो भिडियो सन् २०२५ को एशिया क्रस कन्ट्री र्‍याली (AXCR) मा मित्सुबिशीको जितको उत्सवस्वरूप सार्वजनिक गरिएको हो। भिडियोको विवरण अनुवाद गर्दा २०२६ सिजनका लागि ट्राइटनको स्थान नयाँ एसयूभीले लिन सक्ने संकेत गरिएको छ। विवरणमा भनिएको छ, “जति पटक असफल भए पनि कहिल्यै ड्राइभ गर्न छोड्नु हुँदैन। र्‍याली अझ बलियो र सुरक्षित गाडी निर्माणको परीक्षण स्थल हो। यदि हामीले गत वर्ष जितेको गाडी नै राख्यौं भने यस वर्ष जित्न सक्दैनौं। अर्को चुनौती सुरु भइसकेको छ।”

यस अन्तिम वाक्यले नयाँ पजेरो २०२६ को AXCR मा वा त्यसअघि नै डेब्यु हुन सक्ने संकेत दिएको छ। यद्यपि मितिहरू सार्वजनिक नभए पनि अघिल्ला सिजनहरूलाई आधार मान्दा यो र्‍याली अगस्टतिर हुने अपेक्षा गरिएको छ।

भिडियोको अन्त्यतिर मात्र देखिने नयाँ एसयूभीको सिलुएटले ट्राइटनभन्दा फरक र आकर्षक डिजाइनको संकेत दिन्छ। गाडी बक्सी डिजाइनमा देखिन्छ र मित्सुबिशीको ट्रेडमार्क टी-आकारका हेडलाइटहरू देखिएका छन्, जुन एक्सफोर्स र डेस्टिनेटरसँग मिल्दोजुल्दो छन्।

नामको विषयमा पनि महत्वपूर्ण परिवर्तन हुन सक्ने चर्चा छ। मित्सुबिशीले “स्पोर्ट” उपनाम हटाएर सिधै ‘पजेरो’ नाम पुनः प्रयोग गर्न सक्ने अनुमान गरिएको छ। अष्ट्रेलियाली मिडियाले पजेरो नाम नै विश्वव्यापी रूपमा बलियो र पहिचानयुक्त भएकाले त्यही नाम फर्किन सक्ने बताएका छन्। जापानी मिडियाले पनि १३ वर्षपछि पजेरो नाम पुनरागमन हुन सक्ने रिपोर्ट गरेका छन्। हालै युरोप र अष्ट्रेलियामा पाँचौँ पुस्ताको पजेरोका क्यामुफ्लाज युनिटहरू परीक्षणका क्रममा देखिनुले यी अड्कललाई थप बल दिएको छ।

जापानस्थित पुरानो पजेरो कारखाना अहिले टिस्यु पेपर उत्पादनमा प्रयोग भइरहेकाले नयाँ पजेरो थाइल्याण्डमा ट्राइटनसँगै उत्पादन हुने सम्भावना उच्च रहेको छ। पावरट्रेनका हिसाबले यसले ट्राइटनमा प्रयोग भएको २.४ लिटर टर्बोडिजेल इन्जिन नै पाउने अपेक्षा गरिएको छ, जसले अधिकतम २०४ पीएस शक्ति उत्पादन गर्छ।

यदि यी संकेतहरू वास्तविकतामा परिणत भए, मित्सुबिशी पजेरोले विश्व बजारमा ऐतिहासिक पुनरागमन गर्नेछ र अफरोड एसयूभी सेग्मेन्टमा पुनः बलियो उपस्थिति जनाउनेछ।

सम्बन्धित समाचारहरू

याङ्गो राइडद्वारा नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कारसहित सम्मान कार्यक्रम आयोजना

याङ्गो राइडद्वारा नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कारसहित सम्मान कार्यक्रम आयोजना

काठमाडौं । याङ्गो राइड नेपालले आफ्नो नियमित मासिक ड्राइभर सम्मान...

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच व्यापारिक सहकार्य

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच व्यापारिक सहकार्य

काठमाडौं – लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबीच...

लेन किप असिस्ट सिस्टमले कसरी घटाउँछ दुर्घटनाको जोखिम ?

लेन किप असिस्ट सिस्टमले कसरी घटाउँछ दुर्घटनाको जोखिम ?

हालैका वर्षहरूमा गाडीमा समावेश हुने प्रविधिहरू तीव्र रुपमा परिवर्तन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...