काठमाडौं महोत्सवको ‘फायर सेफ्टी सर्पोटर’मा हिट्को

काठमाडौं - आगामी माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘प्रथम काठमाडौं महोत्सव २०८२’ को ‘ फायर सेफ्टी सर्पोटर’मा हिट्को प्रालि रहने भएको छ । ग्यारेज इक्विपमेन्ट, औद्योगिक मेसिनरी इक्विपमेन्ट र फायर सेफ्टी इक्विपमेन्ट बिक्री वितरणमा नेपालको अग्रणी कम्पनी हिट्को महोत्सवमा ‘फायर सेफ्टी सर्पोटर’का रुपमा जोडिएको हो ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको आयोजना तथा राइजिङ नेपाल प्रालिको सहआयोजनामा हुने महोत्सवको सेफ्टी सर्पोटरमा हिट्को जोडिएको महोत्सवका संयोजक उज्ज्वलजंग पराक्रम शाहले जानकारी दिए ।

महोत्सवमा सहकार्य गर्न पाउँदा खुसी लागेको हिट्को प्रालिका कार्यकारी निर्देशक प्रदीपमान प्रधानले  बताए । हिट्कोले हाल टु ह्विलर, फोर ह्विलर, ट्रयाक्टर, हेभी इक्विपमेन्ट मर्मतका लागि आवश्यक टुल्स, पार्ट्स जस्ता उपकरण बजारमा उपलब्ध गराउँदै आएको छ ।

हिट्कोले हाल एल्गी र एटीएस–एल्गीका उपकरणहरु बिक्री वितरण गरिरहेको छ । सवारी साधनको ग्यारेज निर्माणका लागि आवश्यक उपकरण र सडक वा टनेल निर्माणको अवसरमा आवश्यक एयर कम्प्रेसर समेत हिट्कोले उपलब्ध गराइरहेको छ । हिट्कोले सिजफायर ब्रान्डका फायर एक्स्टिङग्विसर पनि उपलब्ध गराइरहेको छ ।

महोत्सवमा २ सयभन्दा बढी व्यावसायिक स्टल रहनेछन् । महोत्सवमा रैथाने खाना महोत्सव, पर्यटन प्रवद्र्धन, कला संस्कृति महोत्सव, निःशुल्क स्वास्थ्य शिविर, र फोटो प्रदर्शनी जस्ता विविध कार्यक्रम समेत आयोजना हुने छन् ।

सम्बन्धित समाचारहरू

भविष्यमा कस्तो कार बन्लान्, यस्तो देखायो एआईले

भविष्यमा कस्तो कार बन्लान्, यस्तो देखायो एआईले

कार र प्रेम शब्दहरू एकअर्कासँग गहिरो रूपमा जोडिएका छन्। कार केवल सवारी...

स्याकार ट्रेडिङ कम्पनी टाटाग्रिन व्याट्रीको ओइएम वितरकमा नियुक्त

स्याकार ट्रेडिङ कम्पनी टाटाग्रिन व्याट्रीको ओइएम वितरकमा नियुक्त

होन्डा मोटरसाइकल तथा स्कुटर र गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार...

नेपाल भित्रियो इटालीको प्रसिद्ध हेल्मेट क्याबर्ग, राइडर्स भ्यालीले बिक्री गर्ने

नेपाल भित्रियो इटालीको प्रसिद्ध हेल्मेट क्याबर्ग, राइडर्स भ्यालीले बिक्री गर्ने

काठमाडौं – अटोमोटिभ कम्पोनेन्ट र स्पेयर पार्ट्सको प्रमुख वितरकको रुपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...