२०२६ मा पाँच लाख ५० हजार गाडी बिक्री गर्ने साओमीको योजना

चिनियाँ ईभी निर्माता साओमीले विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति तीव्र रूपमा विस्तार गर्ने घोषणा गरेको छ । साओमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेई जुनले हालै एक लाइभ स्ट्रिममार्फत सन् २०२६ सम्ममा पाँच लाख ५० हजार युनिट ईभी बिक्री गर्ने महत्त्वाकांक्षी लक्ष्य प्रस्तुत गरेका हुन् ।

यो लक्ष्य सन् २०२५ को तुलनामा करिब ३४ प्रतिशतको वृद्धि हो । सन् २०२५ का लागि कम्पनीले सुरुमा तीन लाख ५० हजार गाडी बिक्री गर्ने लक्ष्य राखे पनि डिसेम्बरको सुरुमै उक्त लक्ष्य पूरा भएको थियो । सन् २०२५ को अन्त्यसम्ममा साओमीले चार लाख १० हजारभन्दा बढी युनिट गाडीहरू ग्राहकलाई हस्तान्तरण गरिसकेको छ ।

२०२१ बाट औपचारिक रूपमा अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको साओमीले टेस्ला र अन्य स्थापित चिनियाँ ब्रान्डहरूको कडा प्रतिस्पर्धाका बाबजुद आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा उभ्याउन खोजेको छ । धेरै विश्लेषकहरूले साओमीको अटो बजारमा प्रवेश ढिलो भएको टिप्पणी गरे पनि कम्पनीले तीव्र गतिमा प्रगति गरिरहेको छ ।

सन् २०२६ को पाँच लाख ५० हजारको लक्ष्य भेट्टाउन साओमीले चार नयाँ मोडेलहरू बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीको हालको सफलताको मुख्य आधार ‘एसयू७’ सेडान र ‘वाईयू७’ एसयूभी रहेका छन् ।

सम्बन्धित समाचारहरू

भारतमा अक्टोबर १ देखी सबै कारमा ६ वटा एयरब्याग अनिबार्य, मूल्य थप महंगिने

भारतमा अक्टोबर १ देखी सबै कारमा ६ वटा एयरब्याग अनिबार्य, मूल्य थप महंगिने

भारत सरकारले सबै कारमा ६ वटा एयरब्याग अनिबार्य गर्ने भएको छ । यो नयाँ नियम...

ईभी इन्टरनेसनल एक्स्पोमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक

ईभी इन्टरनेसनल एक्स्पोमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक

काठमाडौं – महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ‘ट्रियो झोर डीभी’...

सिम्पलले ल्यायो ४०० किलोमिटर रेन्ज दिने स्कुटर, यस्तो छ मूल्य र विशेषता

सिम्पलले ल्यायो ४०० किलोमिटर रेन्ज दिने स्कुटर, यस्तो छ मूल्य र विशेषता

सिम्पल इनर्जीले सिंगल चार्जमा ४०० किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...