यस्तो छ चार कम्पनीको सहकार्यमा बनेको अवतार ०६टी, फुल चार्जमा १२५० किलोमिटर रेन्ज
चीनको अग्रणी अटोमोबाइल ब्रान्ड अवतारले आफ्नो नयाँ अत्याधुनिक विद्युतीय...
सोनी र होन्डाको संयुक्त समन्वयमा सोनी होन्डा मोबिलिटीले लास भेगासमा आयोजित सीईएस २०२६ मा आफ्ना भविष्यका इलेक्ट्रिक कारको झलक सार्वजनिक गरेको छ। यस अवसरमा कम्पनीले दुई प्रमुख मोडल प्रस्तुत गर्दै इलेक्ट्रिक सवारी साधनको अनुभव कसरी पूर्ण रूपमा परिवर्तन हुन सक्छ भन्ने दृष्टिकोण राखेको छ। यीमध्ये अफिला १ उत्पादनका लागि लगभग तयार मोडल हो भने अफिला प्रोटोटाइप २०२६ भविष्यको कन्सेप्ट कारका रूपमा देखाइएको छ।
कम्पनीका अनुसार अफिला केवल यात्राको साधन मात्र होइन, क्रिएटिभ इन्टरटेनमेन्ट स्पेस पनि हो। यी कारहरू एआई प्रविधिमा आधारित हुनेछ । कारले चालकसँग भावनाहरु साझेदार गर्नेछ र ड्राइभिङ अनुभवसँगै क्याबिनभित्रको मनोरञ्जनलाई पनि नयाँ स्तरमा लैजाने लक्ष्य राखिएको छ।
दुई मोडलमध्ये अफिला १ उत्पादनका लागि अन्तिम चरणमा पुगेको छ। यसको डेलिभरी यसै वर्षको अन्त्यतिर अमेरिकाको क्यालिफोर्नियाबाट सुरु हुने बताइएको छ। अर्कोतर्फ, अफिला प्रोटोटाइप २०२६ कन्सेप्ट मोडल हो, जसलाई २०२८ सम्म अमेरिकी बजारमा उतार्ने योजना रहेको छ।
हाल यसमा लेभल २ प्लस ड्राइभिङ असिस्टेन्स सिस्टम उपलब्ध छ, तर कम्पनीले भविष्यमा यसलाई लेभल ४ सम्म पुर्याउने लक्ष्य राखेको छ। कारभित्र माइक्रोसफ्टको एज्युर ओपनएआई सेवामा आधारित व्यक्तिगत कृत्रिम बुद्धिमत्ता एजेन्ट रहनेछ। यस एजेन्टले यात्रुसँग संवाद गर्ने, आवश्यकताहरू बुझ्ने र यात्रालाई अझ सहज बनाउने काम गर्नेछ।
अफिला १ को बुकिङ २०२५ को सुरुवातदेखि नै खुला भइसकेको छ र हालसम्म एक लाखभन्दा बढी मानिसहरूले यसलाई शोरूममा प्रत्यक्ष अवलोकन गरिसकेका छन्। कम्पनीले यसलाई विश्वव्यापी रूपमा विस्तार गर्ने तयारी पनि गरिरहेको छ। अमेरिका पछि, अफिला १ सन् २०२७ को पहिलो हाफमा जापानमा लन्च हुने योजना छ।
चीनको अग्रणी अटोमोबाइल ब्रान्ड अवतारले आफ्नो नयाँ अत्याधुनिक विद्युतीय...
काठमाडौं–दिपलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले...
काठमाडौँ– जगदम्बा मोटर्स अन्तर्गत सञ्चालन हुँदै आएको विद्युतीय सवारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...