म्याक्सस ईभीको नयाँ मूल्य सार्बजनिक, नेटवर्क विस्तारमा जोड

काठमाडौं–म्याक्सस ईभीको नेपालका लागि आधिकारिक बितरक हिमालय मोट्रोक्स प्रालिले आफ्ना ३ नयाँ प्रिमियम ईभी मोडलको नयाँ मूल्य सार्बजनिक गरेको छ ।

कम्पनीले नेपाली बजारमा बिक्री गर्दै आएको ‘म्याक्सस ई–टेरोन ९ लक्जरी’ को नयाँ मूल्य १ करोड १० लाख रुपैयाँ निर्धारण गरेको छ । ‘म्याक्सस ई–टेरोन ९ प्रिमियमको नयाँ मूल्य १ करोड १८ लाख र म्याक्सस मिफा ७ प्रिमियम एमपीभिको मूल्य १ करोड २४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।

कम्पनीले नयाँ मूल्य सार्वजनिक गर्नुका साथै, आफ्ना सवारीसाधनलाई अझ सुलभ बनाउन र राम्रो ग्राहक सेवा प्रदान गर्न नेपालभरका प्रमुख चार सहरमा आफ्नो अधिकृत डिलर नेटवर्क विस्तार गरेको जनाएको छ । कम्पनीका अनुसार, म्याक्सस ब्रान्डका ईभी अब विराटनगर, बिर्तामोड, पोखरा र काठमाडौंबाट खरिद गर्न सकिनेछ ।

त्यसैगरी, बुटवल, नारायणघाट र नेपालगञ्जमा नयाँ शोरुम खोल्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । कम्पनीले आफ्नो उपस्थितीलाई राष्ट्रव्यापी बनाउँदै अझ बलियो बन्ने लक्ष्य लिएको छ । काठमाडौं उपत्यकामा म्याक्ससका सर्भिस सेन्टर स्वयम्भू र धोबीघाटमा उपलब्ध छ भने उपत्यका बाहिर ग्राहकहरूले पोखरा, विराटनगर र बिर्तामोडमा सेवा लिन सक्नेछन् ।

म्याक्सस ई–टेरोन ९ मा १०२.२ किलोवाट आवर ब्याट्री प्याक जडान गरिएको छ । उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा ५६० किलोमिटरको रेन्ज दिने एनईडिसीले प्रमाणित गरेको छ । ई–टेरोन आफ्नो अत्याधुनिक प्रबिधी र उच्च पर्फमेन्सका कारण लोकप्रिय बनेको इलेक्ट्रिक पिकअप हो ।

सम्बन्धित समाचारहरू

चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कार बन्यो २०२३ जापान ईभी अफ द इयर

चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कार बन्यो २०२३ जापान ईभी अफ द इयर

चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कारले सवारी साधन निर्माता कम्पनीहरु...

नामी र सेरेसमा प्रि-बजेट ब्याश अफर, यस्ता छन् सुविधै सुविधा

नामी र सेरेसमा प्रि-बजेट ब्याश अफर, यस्ता छन् सुविधै सुविधा

काठमाडौं – नेपालको प्रमुख इलेक्ट्रिक गाडी ब्रान्डहरू डोङफेङ र सेरेसले...

विद्युतीय सवारीसाधन किन्न कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

विद्युतीय सवारीसाधन किन्न कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं – कुमारी बैंक र सिप्रदी ट्रेडिङ्गका बीच ग्राहकहरूलाई टाटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...