प्रत्येक २३ सेकेन्डमा एउटा चेरी कार निर्यात, २३ वर्षसम्म निर्यातमा अग्रणी

चीनको अग्रणी कार निर्माता चेरीले २०२५ मा बिक्री गरेको कुल कारको तथ्यांक सार्बजनिक गरेको छ । यस वर्ष चेरीले कुल २८ लाख ६ हजार ३९३ युनिट कार बिक्री गरेको छ ।

बिक्री भएका कुल कारमध्ये १३ लाख ४४ हजार २० युनिट विदेशमा निर्यात गरिएको छ, जुन गत वर्षको तुलनामा १७.४ प्रतिशतले बढि हो । चेरीले विगत २३ वर्षदेखी लगातार सबैभन्दा धेरै कार निर्यात गर्ने चिनियाँ अटोमेकरको रूपमा आफ्नो स्थान कायम राख्न सफल भएको छ ।

चेरीले निर्यात गरेको कुल कारलाई आधार मान्दा २०२५ मा उसले प्रत्येक २३ सेकेन्डमा एउटा गाडी निर्यात गरेको छ । ग्रुपले हालसम्म ५८ लाख ५० हजार कार निर्यात गरिसकेको जनाइएको छ ।

वर्ष २०२५ मा चेरी ब्रान्डले १७ लाख ९४० युनिट कार बिक्री गरेको कम्पनीले जनाएको छ । यसको सबैभन्दा धेरै बिक्री हुने मोडेल मध्ये, टिग्गो ८ ले लगातार नौ वर्षसम्म सबैभन्दा धेरै बिक्री हुने पेट्रलबाट चल्ने चिनियाँ एसयूभीको उपलब्धी हाँसिल गर्यो ।

चेरीको प्रिमियम ब्रान्ड एक्सीडले १ लाख २० हजार ३६९ युनिट कार बिक्री गरेको छ । एक्सीडको ‘ग्लोबलाइज्ड हाई–एन्ड न्यू इनर्जी’ रणनीतिमा याओगुआङ सी–डीएम सिरिज मुख्य मोडेलको रूपमा देखा परेको छ, जुन स्पेन र इटाली जस्ता युरोपेली बजार सहित १९ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।

त्यसैगरी, ग्रुप अन्तर्गतको जेटुर ब्रान्डले ६ लाख २२ हजार ५९० सवारी साधन बिक्री गरेको छ । आईकार तथा जेइको ब्रान्डले ९६ हजार ९८९ युनिट कार बिक्री गरेको कम्पनीद्वारा जारी गरिएको तथ्यांकमा उल्लेख गरिएको छ । साथै, चेरीले हुवाएसँग संयुक्त रूपमा विकास गरेको लुक्सिड ब्रान्डअन्गर्तत ९० हजार ४९३ युनिट कार बिक्री गरिएका छन् ।

सम्बन्धित समाचारहरू

उड्ने कारले पायो अनुमति, पाइलटलाई भने लाइसेन्स अनिवार्य

उड्ने कारले पायो अनुमति, पाइलटलाई भने लाइसेन्स अनिवार्य

स्लोभाकियामा उड्नसक्ने र गुड्नसक्ने गरी निर्माण गरिएको ‘एयर कार’ले उड्ने...

चैत मसान्त सम्म १४७३ विद्युतीय कार आयात

चैत मसान्त सम्म १४७३ विद्युतीय कार आयात

काठमाडौं – नेपालमा चालु आर्थिक वर्षको चैत मसान्त सम्म १ हजार ४७३ विद्युतीय...

ओमोडा एन्ड जेइकोले ल्यायो एनपीएल विशेष ‘एनपीएल सिजन, डिल्स इन मोसन’ योजना

ओमोडा एन्ड जेइकोले ल्यायो एनपीएल विशेष ‘एनपीएल सिजन, डिल्स इन मोसन’ योजना

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को आधिकारिक ‘ड्रिभन बाई’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...