बाइककाे इन्जिन समस्याबारे यस्तो आयो कम्पनीको स्पष्टिकरण
इटालियन मोटरसाइकल निर्माता अप्रिलियाले भारतमा सन् २०२३ मा लन्च गरेको...
काठमाडौं - गएको भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा ३ हजार ३१६ वटा बीमा दाबी परेको छ । २३ अर्ब ४७ करोड दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी ५ अर्ब ४८ करोड २५ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरिएको छ ।
यस अनुसार बीमा प्राधिकरणका अनुसार मोटर बीमातर्फ कुल २ हजार ३२१ वटा बीमा दाबी परेको थियो । मोटर बीमातर्फ रकमको आधारमा ३ अर्ब ४६ करोड १६ लाखमध्ये १ अर्ब ३९ करोड २५ लाख भुक्तानी भएको छ ।
प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ कूल ७१२ वटा बीमा दाबीको रकम १९ अर्ब ५ करोड रहेको छ । जसमा हालसम्म ३ अर्ब ९३ करोड ५९ लाख भुक्तानी गरिएको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ कूल २२६ वटा बीमा दाबीको करिब ५५ करोड ३९ लाख दाबी रकममध्ये ८ करोड ३६ लाख, परिवहन बीमातर्फ कूल १२ वटा बीमा दाबीको १ करोड ६९ लाख दाबी रकममध्ये १ करोड ५५ लाख र अन्य बीमातर्फ कूल ४५ वटा बीमा दाबीको ३८ करोड ४० लाख दाबी रकममध्ये ५ करोड अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई कूल ३ अर्ब २ करोड अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६३ वटा पुनर्बीमा दाबीको कूल पुनर्बीमा दाबी रकम १६ अर्ब ६२ करोड ६६ लाख रहेको प्राधिकरणले जनाएको छ ।
इटालियन मोटरसाइकल निर्माता अप्रिलियाले भारतमा सन् २०२३ मा लन्च गरेको...
रातको समयमा ड्राइभिङ गर्दा सबैभन्दा महत्वपूर्ण चिजहरू मध्ये एक हो हेडलाइट...
हेडरेस्ट कारमा हुने एउट फिचर हो । कारको सिटमा हेडरेस्ट लगाइएको हुन्छ, जसलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...