अटोमोबाइल व्यवसायीका समस्या वारे नाडाले गरायो विभागको ध्यानाकर्षण
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कोभिड–१९ का कारण समस्यामा...
काठमाडौं–नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) मा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ । सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो ।
यसअघि १७ सदस्यका लागि १८ जनाले उम्मेदवारी दिएपछि निर्वाचन हुने सम्भावना देखिएको थियो । तर, अन्तिम समयमा उम्मेदवार दीपककुमार अग्रवालले आफ्नो नाम फिर्ता लिएसँगै सबै सदस्यहरू निर्विरोध चयन भएका हुन् ।
व्यक्तिगततर्फबाट विक्रम सिंहानिया, दीपेन्द्रकुमार मिश्रा, मेघराज पौडेल, नारायणप्रसाद पौडेल, अनुपकुमार बराल, अभिक ज्योति, पंकज अग्रवाल, निलमणि पाठक, नवीनकुमार परख, विमल साह, दिवाकर मिश्रा, दीपकराज गिरी, नवराज भुषाल, तोयानाथ खनाल, मिलनबाबु मल्ल, प्रकाश कपुरी र विकास जोशी निर्वाचित भएका छन् ।
त्यसैगरी, संस्थागततर्फ सातै प्रदेशका अटोमोबाइल्स एशोसिएसनबाट प्रतिनिधिहरू चुनिएका छन् । जसमा डिल्लीराज आचार्य (मोरङ), केदारकुमार अग्रवाल (जानकी), दामोदर प्रसाद अटल (हेटौंडा), दीपेन्द्र कोइराला (पश्चिमाञ्चल), गणेशप्रसाद भट्टराई (लुम्बिनी), भद्र भण्डारी (कर्णाली) र पुस्करराज ओझा (सुदूरपश्चिम) रहेका छन् ।
नाडाको विधान अनुसार २९ सदस्यीय कार्यसमितिमा २५ जना निर्विरोध चयन भएका छन् भने निवर्तमान अध्यक्ष स्वतः सदस्य रहने व्यवस्था छ । बाँकी तीन सदस्य भने नयाँ कार्यसमितिले मनोनित गर्नेछ ।
गत पुस ९ गते ४९ औं वार्षिक साधारण सभा सम्पन्न भए पनि निर्वाचन कार्यतालिका नमिलेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पुनः निर्वाचन गराउन निर्देशन दिएको थियो ।
सोही बमोजिम पुस २५ गतेका लागि निर्वाचन तय गरिएको थियो । तर, व्यवसायीहरूबीचको आपसी समझदारी र एकताका कारण चुनाव नगरी नै नयाँ नेतृत्व छानिएको छ ।
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कोभिड–१९ का कारण समस्यामा...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनका लागि...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडाका अध्यक्ष धु्रव...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...