सुटकेस जस्तै फोल्ड गर्न मिल्ने अनौठो इलेक्ट्रिक बाइक ‘इकोमा टाटामेल’ लन्च

जापानी कम्पनी इकोमाले एकदमै फरक र चकित पार्ने इलेक्ट्रिक बाइक लन्च गरेको छ। ‘इकोमा टाटामेल’ नाम दिइएको सो इलेक्ट्रिक बाइक प्रयोगमा नहुँदा पूर्ण रूपमा फोल्ड गरेर सुटकेस जस्तै बनाउन सकिन्छ ।

डिजाइनर ताकामित्सु इकोमाद्वारा डिजाइन गरिएको सो बाइक चलाउँदा सानो स्कुटरजस्तो देखिन्छ। तर प्रयोगपछि फोल्ड गर्दा यसको आकार केवल २७ x २७ x १० इन्चमा सीमित हुन्छ। यसको तल साना पाङ्ग्राहरू जडान गरिएको हुँदा यसलाई सामान्य सुटकेसझैं तान्दै लिफ्ट, कार्यालय वा अपार्टमेन्टभित्र सजिलै लैजान सकिन्छ । यसको तौल करिब ६३ किलोग्राम छ ।

यसमा दैनिक सहरभित्रको यात्रालाई सहज बनाउने आधुनिक इलेक्ट्रिक प्रविधि र आवश्यक सुविधाहरू समावेश गरिएको छ, जसले यसलाई सामान्य फोल्डिङ बाइकभन्दा फरक बनाउँछ।

यसको मूल्य करिब ४ लाख ९८ हजार जापानी येन तोकिएको छ। भीडभाड भएका शहरमा बस्ने, पार्किङको समस्या भोगिरहेका वा घरभित्र सवारी साधन लैजान अनुमति नपाउने व्यक्तिहरूका लागि यो एक राम्रो विकल्प हुन सक्ने बताइएको छ। सुटकेसको रूप लिने भएकाले कसैले पनि यसलाई बाइक भनेर चिन्न नसक्ने दाबी कम्पनीको छ।

सम्बन्धित समाचारहरू

इकोविट स्कुटर खरिद गर्दा १५ हजारसम्म नगद छुट, फाइनान्स र एक्सचेन्ज सुविधा पनि

इकोविट स्कुटर खरिद गर्दा १५ हजारसम्म नगद छुट, फाइनान्स र एक्सचेन्ज सुविधा पनि

काठमाडौं– इकोविट इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक ग्लोवल...

टोयोटाले आफ्नो नयाँ हाइब्रिड एसयूभीको नाम टोयोटा हाइराइडर राख्ने, हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्ने

टोयोटाले आफ्नो नयाँ हाइब्रिड एसयूभीको नाम टोयोटा हाइराइडर राख्ने, हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्ने

मिड साइज एसयूभीको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै टोयोटा किर्लोस्कर...

एक महिनामै ३०० ओमोडा ई फाइभ बुकिङ, नेपाली ग्राहकले पाउन थाले गाडी

एक महिनामै ३०० ओमोडा ई फाइभ बुकिङ, नेपाली ग्राहकले पाउन थाले गाडी

काठमाडौं – ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...