यस्तो छ नेपाली बजारमा उपलब्ध टाटा ईभीको मूल्य
टाटा मोटर्सले इलेक्ट्रिक कार सेगमेन्टमा आफ्नो अग्रणी स्थान कायम राखेको छ...
टाटाले आफ्नो नयाँ पन्च फेसलिफ्ट २०२६ को सुरुवातमा लन्च गर्ने अपेक्षा गरिएको छ। हालै यसलाई परीक्षणका क्रममा देखिएको छ, जसले यसको ठूलो अपडेट छिट्टै आउने संकेत गरेको छ ।
नयाँ टाटा पन्च फेसलिफ्टको डिजाइन हालको मोडलभन्दा अझ आधुनिक हुने अपेक्षा गरिएको छ । यसको फ्रन्टमा नयाँ ग्रिल र ठूलो लोअर एयर ड्याम समावेश गरिनेछ। हेडल्याम्पको डिजाइन टाटा पन्च ईभीसँग मिल्दोजुल्दो हुन सक्ने अनुमान गरिएको छ । यसमा स्लिक एलईडी डे–टाइम रनिङ लाइट पनि जडान गरिने तर एलईडी एलिमेन्ट नहुने बताइएको छ ।
नयाँ टाटा पन्च फेसलिफ्टमा नयाँ डिजाइनको अलोय ह्विल र ड्युअल टोन रूफ विकल्प हुने अपेक्षा गरिएको छ । यसको रियरमा नयाँ बम्पर र फक्स स्किड प्लेट हुनेछ ।
नयाँ टाटा पन्चको क्याबिन पहिलेभन्दा धेरै प्रिमियम र प्रविधिमैत्री हुने अनुमान गरिएको छ। यसमा नयाँ २ स्पोक स्टेयरिङ ह्विल, पूर्ण डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र टाटाको नयाँ फिजिटल एचभीएसी प्यानल समावेश हुन सक्छ, जसमा टच बटन र भौतिक टगल दुवै हुनेछ ।
पन्च फेसलिफ्टमा भेन्टिलेटेड फ्रन्ट सिट, ३६० डिग्री क्यामेरा, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, वायरलेस फोन चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल सहित रियर एसी भेन्ट, भ्वाइस–असिस्टेड सनरुफ, अटो–फोल्डिङ ओआरभीएम र कुल्ड ग्लोभ बक्स जस्ता फिचर उपलब्ध हुन सक्ने बताइएको छ।
नयाँ टाटा पन्च फेसलिफ्टमा १.२ लिटर, ३ सिलिन्डर रेभोट्रोन पेट्रोल इन्जिन जडान गरिनेछ । यसको मूल्य ६ लाख देखि ९ लाख भारुसम्म हुन सक्ने अनुमान गरिएको छ । नयाँ टाटा पन्च फेसलिफ्टले सिट्रोन सी३, मारुती सुजुकी इग्निस र हुन्डाई एक्स्टरसँग प्रतिस्पर्धा गर्नेछ।
टाटा मोटर्सले इलेक्ट्रिक कार सेगमेन्टमा आफ्नो अग्रणी स्थान कायम राखेको छ...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग...
बिक्री सुरु भएको तीन वर्षभन्दा कम समयमै टाटा पन्च ४ लाख यूनिट बिक्री भएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...