अब शाहरुख खान होइन, हार्दिक पाण्ड्या हुन्डाईको नयाँ ब्रान्ड एम्बेसडर
हुन्डाई भारतमा आएदेखि नै बलिउड कलाकार शाहरुख खान हुन्डाई कारको ब्रान्ड...
हुन्डाई मोटर भारतीय व्यावसायिक ट्याक्सी बजारमा प्रवेश गरेको छ। कम्पनीले प्राइम ट्याक्सी रेन्ज अन्तर्गत दुई नयाँ मोडल प्राइम एचबी (ह्याचब्याक) र प्राइम एसडी (सेडान) लन्च गरेको छ । कम्पनीले ५ हजार भारु टोकन रकममा यसको बुकिङ खुला गरेको छ ।
प्राइम एचबी र प्राइम एसडी दुवैमा १.२ लिटर कप्पा इन्जिन प्रयोग गरिएको छ, जुन पेट्रोल र सिएनजी दुवैमा चल्न सक्षम छ। सिएनजी मोडमा प्राइम एसडीले प्रतिकिलोग्राम २८.४० किलोमिटर र प्राइम एचबीले प्रतिकिलोग्राम २७.३२ किलोमिटरको इन्धन दक्षता दिने कम्पनीको दाबी छ।
हुन्डाईले कम्पनीमै जडान गरिएको सिएनजी किट पनि उपलब्ध गराउनेछ । साथै सुरक्षालाई ध्यानमा राख्दै गाडीको गति प्रतिघण्टा ८० किलोमिटरमा सीमित गर्ने सुविधा पनि प्रदान गरिएको छ।
सेफ्टीका लागि ट्याक्सीमा ६ वटा एयरब्याग, हाइट एडजस्टेबल ड्राइभर सिट, ४ पावर विन्डो, रियर एसी भेन्ट, स्टेयरिङमा जडान गरिएको अडियो कन्ट्रोल जस्ता फिचर समावेश गरेको छ । लामो दूरीको यात्रामा चालक र यात्रु दुवैलाई सहजता मिल्ने गरी यी सुविधा समावेश गरिएको कम्पनीको भनाइ छ।
साथै ट्याक्सीमा वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले समर्थन भएको ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, फ्रन्ट रोको लागि फास्ट यूएसबी चार्जर, रियर डिफगर, सेन्ट्रल लकिङ, किलेस इन्ट्री र रियर क्यामेरा जस्ता फिचर पनि दिइएको छ ।
हुन्डाई मोटर इन्डियाले प्राइम ट्याक्सी रेन्जका लागि विशेष विस्तारित वारेन्टी पनि घोषणा गरेको छ, जुन चौथो र पाँचौं वर्ष वा एक लाख ८० हजार किलोमिटरसम्म मान्य हुनेछ। कम्पनीका अनुसार यी सवारी साधनको मर्मत खर्च प्रतिकिलोमिटर करिब ४७ पैसामात्र पर्छ। साथै ग्राहकले ७२ महिनासम्मको सजिलो किस्ताबन्दी योजनामार्फत पनि यी ट्याक्सी किन्न सक्नेछन्।
हुन्डाई भारतमा आएदेखि नै बलिउड कलाकार शाहरुख खान हुन्डाई कारको ब्रान्ड...
होन्डाले सेप्टेम्बर ४, २०२३ मा नयाँ एलिभेट लन्च गर्ने भएको छ । यो मिड साइज...
हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी भेन्युले भारत एनक्याप क्र्यास...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...