सारथी इकुटर ई३ को मूल्य अब २ लाख २७ हजार, यस्तो छ रेन्ज र फिचर

काठमाडौं–सारथी इकुटर ई३ को नयाँ मूल्य सार्बजनिक गरिएको छ । कम्पनीले यस स्कुटरमा ११ हजार रुपैयाँ बृद्धि गरेर २ लाख २७ हजार रुपैयाँ पुर्याएको छ । यसअघि स्कुटरको मूल्य २ लाख १६ हजार रुपैयाँ निर्धारण गरिएको थियो ।

उच्च गुणस्तर, दमदार परफर्मेन्स र अत्याधुनिक प्रविधिको संयोजन भएको यो स्कुटर दैनिक यात्रा, अफिस आवतजावत तथा लामो दूरीका लागि उपयुक्त विकल्प बनेको कम्पनीले जनाएको छ ।

इकुटर ई३मा ३००० वाट पीक पावर मोटर रहेको छ, जसले उकालो सडक, अफ–रोड तथा कठिन बाटोमा पनि उत्कृष्ट पिकअप र स्मुथ राइडिङ अनुभव प्रदान गछ । यसमा रहेको २.७४ किलोवाट आवर ब्याट्री प्याकलाई फुल चार्ज गरेपछि रियल लाइफमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता प्रदान गर्दछ ।

यस स्कुटरको अर्को विशेषता भनेको यसको ३५ लिटरको विशाल बुट स्पेस हो । जसमा हेलमेट, ल्यापटप ब्याग, किनमेलका सामान लगायत दैनिक आवश्यक सामग्री सहजै राख्न सकिन्छ ।

यस स्कुटरमा १२ इन्चका ठूला पाङ्ग्रा, डबल डिस्क ब्रेक, कम्बाइन्ड ब्रेकिङ सिस्टम, हिल होल्ड एसिस्ट, रिजेनेरिटिभ ब्रेकिङ सिस्टम, पार्किङ सेन्सर, एन्टि थेप्ट अर्लाम तथा अटो ह्विल लक सिस्टमजस्ता आधुनिक सुरक्षा र स्मार्ट फिचरहरू समावेश गरिएका छन् ।

कम्पनीका अनुसार सारथी इकुटर ई३ उच्च गुणस्तरका कारण लामो समयसम्म टिकाउ र कम मर्मत खर्च हुने स्कुटरमध्ये एक हो ।

नक्सालमा मुख्य शोरुम रहेको यस स्कुटरका लागि कम्पनीले देशभर १८ भन्दा बढी शोरुम मार्फत बिक्री तथा सेवा उपलब्ध गराउँदै आएको छ । विशेष रूपमा, काठमाडौं उपत्यकाभित्र मात्रै २० वटा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन्, जुन नेपालका इलेक्ट्रिक स्कुटर कम्पनीहरूमध्ये सबैभन्दा ठूलो सर्भिस नेटवर्क भएको कम्पनीको दाबी छ ।

किफायती मूल्य, शक्तिशाली मोटर, आधुनिक फिचर र बलियो बिक्रीपछिको सेवाका कारण सारथी इकुटर ई३ नेपाली ग्राहकका लागि भरपर्दो र प्रिमियम इलेक्ट्रिक स्कुटरको रूपमा स्थापित हुने कम्पनीको विश्वास छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...