ग्यारो स्कुटरको ‘चार्ज गर मुस्कान भर’ अफर, के-के छन् आकर्षण ?

काठमाडौं – ग्यारोले नेपालकै उच्चतम रेन्जको इलेक्ट्रिक स्कुटर डीटी ५३ मा नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘चार्ज गर मुस्कान भर’ अभियानअन्तर्गत विशेष नयाँ वर्ष अफर सार्वजनिक गरेको हो । ग्यारोलाई कम्पनीले नेपालकै प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्डका रुपमा दाबी गरेको छ ।

नयाँ वर्ष अभियानअन्तर्गत ग्यारो डीटी ५३ खरिद गर्ने ग्राहकहरूले विद्युतीय सवारीलाई अझै किफायती, सहज र मुस्कानपूर्ण बनाउने आकर्षक लाभहरू प्राप्त गर्न सक्ने जनाइएको छ । जसअन्तर्गत, नगद खरिदमा १५ हजार छुट र कुनै पनि ब्रान्डको बाइक वा स्कुटर एक्सचेन्ज गर्दा १५ हजार रुपैयाँको अतिरिक्त मूल्यांकनमध्ये कुनै एक विकल्प छान्न पाइनेछ ।

त्यसैगरी, हरेक खरिदमा निःशुल्क हेलमेट, निःशुल्क विन्टर ज्याकेट, आकर्षक फाइनान्स सुविधा समेत पाइनेछ ।

एक पटक चार्ज गर्दा अधिकतम २५० किलोमिटर दूरी तय गर्न सक्ने दाबी गरिएको यस स्कुटर हाल नेपालमा उपलब्ध सबैभन्दा उच्च रेन्ज भएको इलेक्ट्रिक स्कुटरका रुपमा परिचित छ । अत्याधुनिक लिथियम–आयन ब्याट्री प्रविधियुक्त डीटी ५३ दैनिक यात्रा तथा लामो दूरीका यात्राका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ ।

“नयाँ वर्षमा चार्ज गर, मुस्कान भर अभियानमार्फत हामी ग्राहकहरूलाई बचत, सन्तुष्टि र वातावरणमैत्री यात्राको अनुभव दिलाउन चाहन्छौं,” ग्यारोका प्रवक्ताले भने । अफर सीमित अवधिका लागि मात्र नेपालभरका सबै आधिकारिक ग्यारो शोरुमहरूमा उपलब्ध हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

नक्सालमा खुल्यो ईभी नेपाल मोटर्सको सोरुम, इलेक्ट्रिक स्कुटर र साइकल उपलब्ध

नक्सालमा खुल्यो ईभी नेपाल मोटर्सको सोरुम, इलेक्ट्रिक स्कुटर र साइकल उपलब्ध

काठमाडौं – ईभी नेपाल मोटर्सको सोरुम काठमाडौंको नक्सालमा खुलेको छ ।...

लक्ष्मी न्यु इनर्जी सर्भिस सेन्टर सञ्चालनमा, केईको सर्भिसिङ गरिने

लक्ष्मी न्यु इनर्जी सर्भिस सेन्टर सञ्चालनमा, केईको सर्भिसिङ गरिने

काठमाडौं – नेपाली अटो क्षेत्रमा लामो समय देखि सेवा पुर्याउदै आएको लक्ष्मी...

कसरी जल्यो इलेक्ट्रिक स्कुटर ? कम्पनीद्वारा छानविनको आश्वासन

कसरी जल्यो इलेक्ट्रिक स्कुटर ? कम्पनीद्वारा छानविनको आश्वासन

ओला इलेक्ट्रिकले पुणेमा रहेको आफ्नो एस१ प्रो इलेक्ट्रिक स्कुटरमा भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...