‘इन्टरनेसनल आउटस्ट्यान्डिङ डिस्ट्रिब्युटर अवार्ड’ बाट मेगा मोटर्स सम्मानित

काठमाडौँ – चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी कामाको वार्षिक वितरण सम्मेलनमा कामाको नेपालका लागि आधिकारिक वितरक मेगा मोटर्सलाई ‘इन्टरनेसनल आउटस्ट्यान्डिङ डिस्ट्रिब्युटर अवार्ड’ को उपाधि प्रदान गरिएको छ। यो सम्मान कम्पनीले चीनबाहेकका विश्वका ३० भन्दा बढी देशका वितरकहरूबीच प्राप्त गरेको हो।

चीनको सानडोङमा चलिरहेको कामा अटोमोबाइल पार्टनर कन्फ्रेन्समा कामा इंकका इन्टरनेसनल सेल्स हेड लि काई र इन्टरनेसनल सेल्स डाइरेक्टर केल्भिनले मेगा मोटर्सका म्यानेजिङ डाइरेक्टर महेश पाललाई सो अवार्ड हस्तान्तरण गरे ।

कामाको विश्वव्यापी नेटवर्कमा नेपाललाई एक महत्त्वपूर्ण बजारको रूपमा हेरिन्छ। मेगा मोटर्सले नेपालमा कामा इलेक्ट्रिक पिकअप र भ्यानको बजार सफलतापूर्वक स्थापित गरेकोमा निर्माता कम्पनीले सो प्रशंसा प्रकट गरेको बताइएको छ । कम्पनीले नेपालमा इलेक्ट्रिक सवारी साधनको बजार विस्तार गर्न र गुणस्तरीय सेवा प्रदान गर्ने क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको छ ! १ वर्षको अवधिमा मेगा मोटर्सले नेपालमा ३०० भंदा बढी सवारी साधन बिक्री गरिसकेको कम्पनीको दाबी छ ।

कामा कम्पनीले विश्वभरका आफ्ना वितरकहरूबीच उत्कृष्ट प्रदर्शन, बजार विकास र ग्राहक सेवाको आधारमा यो अवार्ड प्रदान गरेको हो। मेगा मोटर्सले नेपालमा कामाका सवारी साधनको बिक्री, बिक्री पछिको सेवा र सहायक पूर्वाधार निर्माणमा सफलता हासिल गरेको छ।

यस उपलब्धिले नेपालमा इलेक्ट्रिक सवारी साधन क्षेत्रलाई अझ बलियो बनाउने र देशको हरित यातायातमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको समेत बताइएको छ ।

मेगा मोटर्स नेपालको प्रमुख इलेक्ट्रिक सवारी साधन बितरक कम्पनी हो जसले कामा इलेक्ट्रिक पिकअप, भ्यान र अन्य व्यावसायिक सवारी साधनको बिक्री र बिक्री पछिको सेवा प्रदान गर्दै आएको छ।

कामा एक प्रमुख चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी हो, जसले विशेष गरी व्यावसायिक र युटिलिटी सवारी साधनको उत्पादन गर्दछ। कामाले इलेक्ट्रिक पिकअप, भ्यान र हल्का ट्रकहरूमा केन्द्रित गरी एसिया, अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण एसियाली बजारहरूमा आफ्नो उपस्थिति विस्तार गरेको छ ।

सम्बन्धित समाचारहरू

हरितालिका तीजको अवसरमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको स्किम : १४ गते १४ हजार छुट

हरितालिका तीजको अवसरमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको स्किम : १४ गते १४ हजार छुट

काठमाडौं – नेपालमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको बज्र...

एक पटक चार्ज गर्दा ५० किमी चल्ने नेपालमै बनेको स्कुटर : नाम ‘सारथी’ राख्ने वारेमा छलफल

एक पटक चार्ज गर्दा ५० किमी चल्ने नेपालमै बनेको स्कुटर : नाम ‘सारथी’ राख्ने वारेमा छलफल

काठमाडौं – पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प...

वागनआर अब इलेक्ट्रिक भर्सनमा, २०० किमी रेन्ज, १ घण्टामै ८० प्रतिशत चार्ज

वागनआर अब इलेक्ट्रिक भर्सनमा, २०० किमी रेन्ज, १ घण्टामै ८० प्रतिशत चार्ज

मारुती सुजुकीले आफ्नो सबैभन्दा धेरै बिक्री हुने कार वागनआरलाई इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...