टीभीएस, बजाज र एथरको प्रभाव बढ्दा ओलाको बजार हिस्सा ५० प्रतिशतले घट्यो

भारतिय इलेक्ट्रिक टु–ह्विलर बजारमा सर्बाधिक बिक्री हुने ब्रान्डका रुपमा परिचित ओलाको बिक्री नराम्रोसँग प्रभावित भएको छ । बजाज अटो, टीभीएस र एथर इनर्जी जस्ता प्रतिद्वन्द्वीहरुले बजार हिस्सा बढाउँदा २०२५ मा ओलाको बजार हिस्सा ५० प्रतिशत भन्दा बढीले घटेको हो ।

वाहनको तथ्याङ्क अनुसार, ओला इलेक्ट्रिकले यस वर्ष १ लाख ९६ हजार ७६७ युनिट बेचेको छ । जसको बजार हिस्सा ३६.७ प्रतिशतबाट घटेर २०२५ मा १६.१ प्रतिशत पुगेको छ ।

यस वर्ष इलेक्ट्रिक टु–ह्विलर सेग्मेन्टमा टीभीएसले अग्रता लिएको छ । टीभीएसले २०२५ मा २ लाख ९५, हजार १५ युनिट ई–स्कुटर बिक्री गर्दै बजार हिस्सा २४.२ प्रतिशत पुर्याएको छ ।

दोस्रो स्थानमा रहेको बजाजको हिस्सा २१.९ प्रतिशत छ भने तेस्रो स्थानमा त्यसपछि एथर इनर्जी रहेको छ । एथर इनर्जीको हिस्सा २०२४ मा ११.३ प्रतिशत रहेकोमा २०२५ मा बढेर १६.२ प्रतिशत पुगेको छ ।

हिरो मोटोकर्पले पनि यस वर्ष आफ्नो भिडा ब्रान्डको साथ ई–स्कुटर खण्डमा प्रवेश गर्न सफल सफल भएको छ । कम्पनीको हिस्सा २०२४ मा ३.९ प्रतिशत थियो जुन, बढेर २०२५ मा ८.८ प्रतिशत पुगेको छ ।

सम्बन्धित समाचारहरू

अष्ट्रेलियन एनक्यापको क्र्यास टेष्टमा बीवाइडी डल्फिनलाई ५ स्टार रेटिङ

अष्ट्रेलियन एनक्यापको क्र्यास टेष्टमा बीवाइडी डल्फिनलाई ५ स्टार रेटिङ

बीवाइडीको लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक डल्फिनले अष्ट्रेलियन...

नेपाल भित्रियो ओमोडा ई५ लङ रेन्ज ईभी, अर्को साता लन्च हुने, मूल्य ५९ लाख ४९ हजार

नेपाल भित्रियो ओमोडा ई५ लङ रेन्ज ईभी, अर्को साता लन्च हुने, मूल्य ५९ लाख ४९ हजार

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने भनेर केही समय देखि चर्चामा रहेको...

लोमान्थाङ पुग्ने पहिलो इलेक्ट्रिक पिकअप वन्यो जेएसी टी८

लोमान्थाङ पुग्ने पहिलो इलेक्ट्रिक पिकअप वन्यो जेएसी टी८

नेपाली बजारमा विक्री हुँदै आएको इलेक्ट्रिक पिकअप जेएसी टी८ ले लोमान्थाङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...