पप–कल्चर फेस्टिभलमा यामाहा सह–प्रायोजक, के–के छन् आकर्षण ?

काठमाडौं–यामाहा नेपाल देशकै सबैभन्दा ठूलो पप–कल्चर फेस्टिभलमा सह–प्रायोजकका रूपमा सहभागी भएको छ । सहभागितासँगै यामाहाले नेपालमा अग्रणी युवामैत्री तथा स्ट्रिट–कल्चर मोटरसाइकल ब्रान्डका रूपमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको जनाएको छ ।

युवाको सिर्जनशीलता, आत्म–अभिव्यक्ति र स्ट्रिट कल्चरलाई मनाउने प्लेटफर्मसँग सहकार्य गर्दै यामाहाले नयाँ पुस्ताको जीवनशैली, ऊर्जा र आकांक्षासँग आफूलाई जोडेको जनाएको छ ।

युवा, आत्मअभिव्यक्ति र स्ट्रिट कल्चरलाई केन्द्रमा राख्दै आएको यामाहाको यो सहभागिताले मोटरसाइकललाई केवल सवारीसाधन मात्र नभई जीवनशैलीको प्रतीकका रूपमा हेर्ने युवा र क्रियटरहरूसँगको गहिरो सम्बन्ध झल्काउँछ । यामाहाले सधैँ जोश, व्यक्तिगत पहिचान र प्रदर्शनलाई प्राथमिकतामा राख्दै आएको र यो नेपालमा बढ्दो पप–कल्चर र राइडिङ समुदायसँग मेल खाने कम्पनीले जनाएको छ ।

फेस्टिभलका मुख्य आकर्षणहरूमध्ये यामाहाको स्टन्ट शो रहनेछ, जसले राइडिङ सीप, नियन्त्रण र आत्मविश्वास प्रदर्शन गर्नेछ । साथै, यामाहा एमटी–१५ मोटरसाइकलको विशेष प्रदर्शनी पनि आयोजना गरिने बताइएको छ । जहाँ दर्शकले यसको आक्रामक डिजाइन, आकर्षक स्टाइल र स्ट्रिट–केन्द्रित प्रदर्शन नजिकबाट अनुभव गर्न पाउने विश्वास लिइएको छ । एमटी–१५ लाई स्ट्रिट डोमिनेसन र शक्तिशाली प्रदर्शनको प्रतीकका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रमअन्तर्गत यामाहा नक्साल शोरुमबाट ‘द प्लाजा’सम्म विशेष एमटी–१५ राइड–आउट पनि आयोजना गरिने र यसले राइडरहरूलाई सडकमा एकजुट गर्दै फेस्टिभल स्थलसम्म पु¥याउनेछ । त्यसपछि द प्लाजामा बाइकर्स मिट–अप आयोजना हुने छ, जहाँ राइडरहरूबीच आपसी सम्बन्ध, साझा रुचि र समुदाय भावना सुदृढ गर्ने बताइएको छ ।

नेपालकै सबैभन्दा ठूलो पप–कल्चर फेस्टिभलमा सहभागिता जनाउँदै यामाहा नेपालले आफू केवल मोटरसाइकल ब्रान्ड मात्र नभई नयाँ पुस्ताको ऊर्जा र जीवनशैलीसँग जोडिएको ब्रान्ड भएको जनाएको छ ।

सम्बन्धित समाचारहरू

यामाहाले ल्यायो नयाँ वर्ष अफर, बाइक किन्दा क्यासब्याक र उपहारको अवसर

यामाहाले ल्यायो नयाँ वर्ष अफर, बाइक किन्दा क्यासब्याक र उपहारको अवसर

यामाहा मोटरसाकल तथा स्कुटरको आधिकारिक विक्रेताएमएडब्ल्यु...

२ लाख ७२ हजारमा यामाहाको १५० सिसी वाइक, यस्तो छ पावर र फिचर

२ लाख ७२ हजारमा यामाहाको १५० सिसी वाइक, यस्तो छ पावर र फिचर

१५० सिसी सेग्मेन्टमा यामाहाले विभिन्न मोडलका मोटरसाइकल बिक्री गर्दै...

आज भ्यालेन्टाइन डे : यस्तो छ स्कुटर किन्दा अफर

आज भ्यालेन्टाइन डे : यस्तो छ स्कुटर किन्दा अफर

काठमाडौं – आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । नेपालमा समेत प्रेम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...