यामाहा स्कुटरको भव्य माइलेज, ‘नाउ आई एम ७१.३३ केएमपीएल’ अभियान सार्वजनिक
काठमाडौं – इन्धनको मूल्य निरन्तर उच्च हुँदै गएको वर्तमान समयमा यमाहा...
यामाहा रे जेडआर स्ट्रिट ¥याली यामाहाको सबैभन्दा धेरै रुचाइएको स्कुटर हो । नेपालमा बिक्री हुने स्कुटर मध्ये पनि यो धेरै बिक्री हुने स्कुटर मध्ये एक हो ।
यो स्कुटरको माइलेज धेरै नै राम्रो छ । कम्पनीले दावी गरे अनुसार यसको माइलेज उपत्यकामा ६५ किलोमिटर प्रतिघण्टा छ । समय समयमा कम्पनीले गर्ने माइलेज च्यालेन्जमा अझै बढी माइलेज दिएको पनि पाइन्छ । त्यसैगरी विभिन्न एसेसरिज पाउनुका साथै अफरोड टायर र अन्य विभिन्न फिचर यसमा रहेका कारण पनि धेरैले रुचाउने गरेको बताइन्छ । यसमा अगाडि डिस्क ब्रेक, डिजिटल मिटर, एलईडी लाइट लगायतका फिचर छन् ।
यो स्कुटरको मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ छ । ग्राहकले यो स्कुटर किन्नका लागि शुरुमा ४०, ५० वा ६० प्रतिशत नगद डाउन पेमेन्टको रुपमा बुझाएर बाँकी पैसा मासिक किस्तामा दुई वर्ष सम्म बुझाउन सकिन्छ ।
शुरुमा ४० प्रतिशत डाउन पेमेन्ट गर्दा सेवा शुल्क, नामसारी र इन्स्योरेन्स सबै गरी १ लाख ५२ हजार रुपैयाँ डाउन पेमेन्ट वापत सहित बुझाउनु पर्छ । त्यसैगरी बाँकी प्रत्येक महिना ९ हजार ४२६ रुपैयाँ मासिक किस्ता वापत बुझाउन सकिन्छ ।
५० प्रतिशत डाउन पेमेन्ट गर्दा सबै गरी शुरुमा १ लाख ८२ हजार ४५० र मासिक किस्ता वापत ७ हजार ८०४ रुपैयाँ बुझाउन सकिन्छ भने ६० प्रतिशत डाउन पेमेन्ट गर्दा शुरुमा २ लाख १५ हजार ९४० रुपैयाँ बुझाउनु पर्छ । बाँकी रकमको रुपमा दुई वर्ष सम्म मासिक रुपमा ६ हजार २१३ रुपैयाँ बुझाउन सकिन्छ ।
यसरी फाइनान्समार्फत मासिक रुपमा तिर्न सकिने गरी स्कुटर किन्दा शुरुमा डाउन पेमेन्टका साथमा सेवा शुल्क, नामसारी खर्च र इन्स्योरेन्स वापतको रकम पनि बुझाउनु पर्ने हुन्छ ।
नगदै बुझाएर लिने वा यसरी फाइनान्समार्फत स्कुटर खरिद गर्ने ग्राहकका लागि यामाहा नेपालले समय समयमा विभिन्न स्किम समेत ल्याइरहेको हुन्छ । त्यसैगरी पुरानो कुनै पनि बाइक वा स्कुटरसँग यामाहाको नयाँ बाइक वा स्कुटर साट्नका लागि पनि विभिन्न स्किम उपलब्ध हुन्छ ।
काठमाडौं – इन्धनको मूल्य निरन्तर उच्च हुँदै गएको वर्तमान समयमा यमाहा...
यामाहाले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा एमटी ०९ एसपी प्रदर्शन गरेको...
काठमाडौं – आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । नेपालमा समेत प्रेम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...