प्रदूषण घटाउने नयाँ विकल्प फ्लेक्स फ्युल, कति फाइदा कति वेफाइदा?
सवारी साधनको संख्या बढेसँगै वायु प्रदूषणको समस्या पनि गम्भीर बन्दै जान्छ...
पेट्रोल गाडीमा डिजेल हाल्दा इन्जिनमा किन समस्या आउँछ भन्ने कुरा बुझ्न पेट्रोल र डिजेलको आधारभूत फरक जान्न आवश्यक हुन्छ। डिजेल पेट्रोलभन्दा बाक्लो हुन्छ। पेट्रोल इन्जिन पातलो इन्धनका लागि डिजाइन गरिएको हुन्छ। यदि डिजेल इन्धन पेट्रोल कारको ट्याङ्कीमा पुगेपछि इन्जिन स्टार्ट गरियो भने, इन्धन पम्पले बाक्लो डिजेल इन्जेक्टरतर्फ पठाउँछ। यसले इन्धन नली र इन्जेक्टरहरू बन्द गरिदिन सक्छ। साथै, स्पार्क प्लग र इन्धन पम्पमा पनि गम्भीर क्षति पुग्न सक्छ। केही अवस्थामा इन्जिन चले पनि क्याटेलिटिक कन्भर्टर बिग्रन सक्छ, जसले गाडीको धुवाँ र उत्सर्जन नियन्त्रण गर्ने काम गर्छ। यस्तो क्षतिपछि इन्जेक्टर, स्पार्क प्लग, इन्धन पम्प र क्याटेलिटिक कन्भर्टर परिवर्तन गर्नुपर्ने हुन सक्छ ।
पम्पमा यस्तो गल्ती हुन नदिन पेट्रोल पम्प र कार निर्माताहरूले विभिन्न उपाय अपनाएका हुन्छन्। डिजेल पम्पको नोजल प्रायः पेट्रोल पम्पको नोजलभन्दा ठूलो हुन्छ, जसले गर्दा पेट्रोल कारको ट्याङ्कीको सानो मुखमा सजिलै फिट हुँदैन। यसमा नोजल घुसाउन बल प्रयोग गर्नुपर्ने हुन्छ । डिजेल पम्पहरू प्रायः हरियो रङको हुन्छ र तिनमा स्पष्ट रूपमा डिजेल भनेर लेखिएको हुन्छ। गन्धबाट पनि छुट्याउन सकिन्छ। पेट्रोलको गन्ध हल्का हुन्छ भने डिजेलको गन्ध मट्टितेलजस्तै हुन्छ। बारम्बार बिर्सने बानी भएमा कारको इन्धन क्यापभित्र पेट्रोल मात्र भन्ने स्टिकर टाँस्नु उपयोगी हुन्छ। सबैभन्दा महत्वपूर्ण कुरा, इन्धन भर्दा हतार नगर्नु नै हो।
गलत फ्युल प्रयोग भएको छ र गाडी स्टार्ट गरिएको छैन भने इन्जिन सुरक्षित रहन्छ। यस्तो अवस्थामा कारलाई सर्भिसिङ सेन्टरमा लगेर ट्याङ्की खाली गर्नुपर्छ । तर यदि कार स्टार्ट गरेर चलाउनुभयो भने डिजेल सम्पूर्ण इन्धन सिस्टममा फैलिन्छ। त्यसपछि टोइङ र ड्रेनिङका साथै फ्युल पम्प, इन्जेक्टर, इन्धन फिल्टर र क्याटेलिटिक कन्भर्टरसमेत परिवर्तन गर्नुपर्ने हुन सक्छ।
डिजेल गाडीमा पेट्रोल हाल्नु पनि सुरक्षित मानिँदैन। डिजेल इन्जिनहरू तुलनात्मक रूपमा बलियो भए पनि पेट्रोलले तिनको लुब्रिकेशन बिगार्छ। यसले गर्दा इन्जिनका मेटल पार्टसहरू एकआपसमा घिस्रिन थाल्छ । डिजेल कारमा पेट्रोल परेपछि इन्जिनले अनौठो आवाज निकाल्न सक्छ, कालो धुवाँ निस्कन सक्छ र गाडी कडा रूपमा चल्न सक्छ।
सवारी साधनको संख्या बढेसँगै वायु प्रदूषणको समस्या पनि गम्भीर बन्दै जान्छ...
काठमाडौं–नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात नियमित रहेकाले...
काठमाडौं–इन्धनको मूल्य वृद्धिपछि सार्वजनिक यातायात सञ्चालनमा प्रत्यक्ष...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...