पानी मिसिएको इन्धन बेचेकोमा आयल निगमलाई ११ करोड जरिबाना
काठमाडौं – गुणस्तरहीन इन्धन आपूर्ति गरेको पुष्टि भएपछि नेपाल आयल निगमले...
काठमाडौं–इन्धनको मूल्य वृद्धिपछि सार्वजनिक यातायात सञ्चालनमा प्रत्यक्ष असर परेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ ।
महासंघले सोमबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको आपूर्तिमा असहजता भएको जनाउँदै हालै पेट्रोलियम पदार्थको मूल्य बढाएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पेट्रोलियम पदार्थ सार्वजनिक यातायात सञ्चालनको मुख्य आधार भएकाले एकैपटक भएको मूल्यवृद्धिले यातायात व्यवसायी र उपभोक्ता दुवैमा प्रत्यक्ष प्रभाव परेको महासंघले उल्लेख गरेको छ ।
महासंघका अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायात सञ्चालनको लागत पनि उल्लेख्य रूपमा बढेको छ । नेपाल आयल निगमले गत चैत २ गतेदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको जनाएको छ ।
सार्वजनिक यातायातको भाडा वैज्ञानिक आधारमा समायोजन गर्ने प्रावधान भए पनि लामो समयदेखि भाडा समायोजन नभएको महासंघले जनाएको छ । यातायात व्यवस्था विभागले संघीय स्तरमा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा स्वचालित प्रणालीमार्फत भाडा समायोजन गर्ने व्यवस्था भए पनि विगत केही समयदेखि त्यसअनुसार भाडा समायोजन नभएको महासंघको गुनासो छ ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...