नेपालका लागि हिड्यो लीपमोटर बी१०, छिट्टै डेलिभरी सुरु हुने
काठमाडौं– लीपमोटरको नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्स...
काठमाडौँ– जगदम्बा मोटर्स अन्तर्गत सञ्चालन हुँदै आएको विद्युतीय सवारी साधन (ईभी) ब्रान्ड प्रोटोन ईमासले बुटवलमा ‘एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक गरेको छ ।
तीनदिने चल्ने उक्त एक्सचेन्ज कार्यक्रम पुस १२ देखि १४ गतेसम्म बुटवलको कालिकानगरस्थित प्रोटोन ईमासको शोरुममा आयोजना हुनेछ ।
कार्यक्रम अवधिभर ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साट्न सक्नेछन् भने प्रोटोन ईमासका विद्युतीय सवारी साधनका विशेषता, सेवा, सुविधा र फाइदाबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् । एक्सचेन्ज कार्यक्रमका अवसरमा प्रोटोन ईमास ७ को सुरुआती मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
प्रोटोन ईमास ७ मा १६० किलोवाट क्षमताको मोटर, १८० एमएम ग्राउन्ड क्लियरेन्स तथा ४९२ किलोमिटर र ५८५ किलोमिटरसम्मको एनईडीसी रेन्ज रहेको छ । साथै, यसमा आधुनिक सुरक्षा प्रविधि, आकर्षक प्रिमियम डिजाइन र ४,६१५ एमएम लम्बाइ रहेको कम्पनीले जनाएको छ ।
यस विशेष एक्सचेन्ज अफरमार्फत बुटवलका ग्राहकहरूलाई आधुनिक, प्रविधिमैत्री र वातावरणमैत्री विद्युतीय सवारी साधनमा स्तरोन्नति गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने लक्ष्य प्रोटोन ईमासले लिएको छ ।
काठमाडौं– लीपमोटरको नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्स...
नेपालमा विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको...
युरोपेली कम्पनी लाइटइयरले एक पटक चार्जमा ७ महिनासम्म चल्ने इलेक्ट्रिक कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...