काठमाडौं भित्रियो सिट्रोनको इलेक्ट्रिक कार ई–सी३, आइतबार देखि डेलिभरी शुरु गरिने
काठमाडौं – केही दिन पहिले देखि बुकिङ शुरु गरिएको सिट्रोनको इलेक्ट्रिक कार...
काठमाडौं–एसपीजी अटोमोबाइल्स प्रालिले आफ्नो बहुप्रतिक्षित लाइफस्टाइल इलेक्ट्रिक एसयूभी आईकार भी२३ को डेलिभरी औपचारिक रूपमा सुरु गरेको छ । कम्पनीले यस नयाँ यात्राको सुरुवात गर्दै पहिलो गाडी नेपालकी चर्चित मोडेल तथा सामाजिक सञ्जाल इन्फ्लुएन्सर इभा गिरीलाई हस्तान्तरण गरेको हो ।
इभा गिरीलाई गरिएको यो हस्तान्तरणले उच्च फेसन र भविष्य उन्मुख इन्जिनियरिङको उत्कृष्ट संगमलाई प्रतिनिधित्व गरेको कम्पनीले जनाएको छ । नेपालकी एक चर्चित ट्रेन्डसेटरको रूपमा गिरीले भी२३ रोज्नुले यस गाडीको ’शो–स्टपर’ छविलाई थप प्रष्ट पारेको छ, जसले नेपालका नयाँ पुस्ताका सफल व्यक्तिहरूको आकांक्षालाई पूर्ण रूपमा सम्बोधन गर्दछ ।
चेरी ग्रुप अन्तर्गतको भी२३ मा १०० किलोवाट (१३४ एचपी) को रियर–ह्विल–ड्राइभ मोटर छ, जसले १८० एनएम टर्क उत्पादन गर्दछ । यसमा सिएटिएलको ५९.९३ किलोवाट आवर ब्याट्री जडान गरिएको छ, जसले ४०१ किलोमिटरको प्रमाणित रेन्ज प्रदान गर्छ ।
यो कार सहरी यात्रा र लामो दुरीको यात्रा दुवैका लागि उपयुक्त रहेको कम्पनीको भनाई छ । २१० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स भएको भी२३ मा १५.४ इन्चको विशाल २.५ के सेन्ट्रल कन्ट्रोल डिस्प्ले उपलब्ध गराइएको छ । पछाडिको सिट फोल्ड गर्दा यसमा ७४४ लिटरको विशाल ट्रंक स्पेस प्राप्त हुन्छ ।
एसपीजी अटोमोबाइल्सका अनुसार पूर्व–बुकिङ गरेका अन्य ग्राहकहरूका लागि पनि देशव्यापी रूपमा डेलिभरी सुरु हुनेछ । प्रिमियम लाइफस्टाइल सेगमेन्टमा उपलब्ध यो गाडीले नेपाली अटोमोबाइल बजारमा नयाँ तरंग ल्याउने कम्पनीको विश्वास छ ।
काठमाडौं – केही दिन पहिले देखि बुकिङ शुरु गरिएको सिट्रोनको इलेक्ट्रिक कार...
ओडिसी ब्रान्डको नयाँ इलेक्ट्रिक बाइक इभोकस नेपाली बजारमा भित्रिएको छ ।...
कुनै बेला नेपालमै चार पांग्रे सवारी साधन समेत उत्पादन हुन्थ्यो । हुलास...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...