सिप्रद्धी ट्रेडिङका अध्यक्ष राणा बने सबैभन्दा बढी कर तिर्ने ब्यावसायी
आर्थिक बर्ष २०७७/७८ मा ब्याक्तिगत आयबाट सबैभन्दा बढी कर तिर्ने ब्यावसयीका...
टाटा मोटर्सले भारतमा आफ्नो प्रिमियम इलेक्ट्रिक कार टाटा अभिन्या २०२६ को अन्त्यसम्ममा लन्च गर्ने औपचारिक घोषणा गरेको छ। कम्पनीले यसअघि अटो एक्स्पो २०२५ मा यसको कन्सेप्ट मोडल सार्वजनिक गरेको थियो। साथै कम्पनीले सन् २०३० सम्ममा भारतमा पाँचवटा नयाँ इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाएको छ ।
टाटा अभिन्या कम्पनीको जेन थ्री इलेक्ट्रिक सवारी आर्किटेक्चरमा आधारित हुनेछ। सो ब्याट्री इलेक्ट्रिक सवारी साधनका लागि विशेष रूपमा विकास गरिएको स्केटबोर्ड शैलीको प्लेटफर्म हो । यस प्लेटफर्मले सफ्टवेयर इन्टिग्रेशेन, फास्ट चार्जिङ र लङ ड्राइभिङ रेन्ज सपोर्ट गर्छ । कम्पनीले भविष्यमा ल्याउने अधिकांश इलेक्ट्रिक सवारी साधनहरू यही प्लेटफर्ममा निर्माण गर्ने योजना बनाएको छ । टाटा अभिन्याको सम्भावित ड्राइभिङ रेन्ज ५०० किलोमिटरभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।
कम्पनीले टाटा अभिन्यामा प्रविधिसँगै प्रयोगकर्ता अनुभवमा विशेष ध्यान दिएको देखिन्छ। यसको इन्टेरियर डिजाइन मिनिमलिस्ट र लाउन्ज स्टाइलको हुने सम्भावना छ, जसले यात्रुलाई प्रिमियम र आरामदायी अनुभूति दिनेछ । यसको क्याबिन डिजाइन हाल उपलब्ध अन्य इलेक्ट्रिक एसयूभीभन्दा फरक र आधुनिक हुने अपेक्षा गरिएको छ ।
टाटा मोटर्सले अहिलेसम्म टाटा अभिन्याको आधिकारिक मूल्य सार्वजनिक गरेको छैन। तर यसको मूल्य भारतीय बजारमा करिब २२ लाखदेखि ३५ लाख भारुसम्म पर्न सक्ने अनुमान गरिएको छ ।
आर्थिक बर्ष २०७७/७८ मा ब्याक्तिगत आयबाट सबैभन्दा बढी कर तिर्ने ब्यावसयीका...
टाटा मोटर्सले आफ्नो बहुप्रतिक्षित सिएरालाई यसै वर्षको अन्त्यतिर...
काठमाडौं – नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...