केवाइसी गाडीको आयात तथा बिक्री–वितरण नगर्न अदालतको आदेश

काठमाडौं–काठमाडौं जिल्ला अदालतले केवाइसी ब्रान्डका इलेक्ट्रिक भ्यानको आयात, आपूर्ति तथा बिक्री–वितरण रोक्न अन्तरकालीन आदेश जारी गरेको छ। मंगलबार अदालतले केवाइसीसँग मोडेल, बनावट, फिचर र प्राविधिक स्पेसिफिकेसन मिल्ने अन्य नामका सवारीसाधन समेत आयात र बिक्रीवितरण नगर्न गर्न आदेश जारी गरेको छ।

देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम अन्तरकालीन आदेश जारी गर्दै अदालतले केवाइसी ब्रान्डका गाडी मात्र होइन, नाम परिवर्तन गरेर वा अन्य कम्पनी तथा व्यक्तिको नाममा उही स्पेसिफिकेसनका गाडी भित्र्याउने र बजारमा बिक्री वितरण गर्ने कार्य रोक्न निर्देशन दिएको हो। यस अघि अदालतको आदेश विपरित ‘नियोसिया’ ब्रान्डमा केवाइसी गाडी आयात तथा विक्री गरिदै आएको थियो।

आदेशमा भनिएको छ, ’चिनियाँ कम्पनीबाट उत्पादित केवाईसी ब्रान्डका गाडीसँग स्पेसिफिकेसन मिल्ने गाडीहरु निवेदक वादीबाहेक अन्य कम्पनी÷व्यक्तिको नामबाट आपूर्ति तथा बिक्री वितरण नगर्नू नगराउनू, करार सम्झौता यथास्थितिमा कायम राख्नु भनी विपक्षीहरुका नाममा देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम यो अन्तरकालीन आदेश जारी गरिदिएको छ।’

काठमाडौं जिल्ला अदालतको आदेशमा केवाईसी ब्रान्डका सवारीसाधन अन्य कम्पनी वा व्यक्तिको नामबाट उत्पादन, आपूर्ति तथा बिक्री वितरण भइरहेको अवस्थामा करार सम्झौता, बौद्धिक सम्पत्ति अधिकार र उपभोक्ता हितमा गम्भीर क्षति पुग्ने उल्लेख गरिएको छ। अन्तिम फैसला नआएसम्म यस्ता सबै गतिविधि यथास्थितिमा राख्न अदालतले आदेश दिएको हो।

विवादित गाडीहरू केवाईसी ब्रान्डकै मोडेल, बनावट र फिचर मिल्ने भए पनि नाम परिवर्तन गरी ‘नियोसिया’ तथा ‘नियोसिया स्टार भी ईभी’ नाममा आयात गरिएको आरोप लाग्दै आएको छ। यस प्रकरणमा ‘इलेक्ट्रिक ड्रिम्स मोबिलिटी प्रालि’ र त्यसकै सञ्चालकहरूले स्थापना गरेको ‘एम्बर मोटर्स प्रालि’ संलग्न थिए। दुवै कम्पनी एउटै समूहका व्यक्ति सञ्चालकमा रहेकाले अदालतको आदेश छलेर गाडी आयात गरिरहेका थिए।

सम्बन्धित समाचारहरू

एमजी४ ईभीको स्ट्रेन्थ टेस्ट सम्पन्न, ग्राउन्ड क्लियरेन्सको शंका मेटिएको भनाइ

एमजी४ ईभीको स्ट्रेन्थ टेस्ट सम्पन्न, ग्राउन्ड क्लियरेन्सको शंका मेटिएको भनाइ

काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

वीरगन्जमा नयाँ शोरुमबाट टाटा पन्च ईभीको डेलिभरी सुरु

वीरगन्जमा नयाँ शोरुमबाट टाटा पन्च ईभीको डेलिभरी सुरु

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लेभ्निङको स्किम विजेता बनेका खड्कीले पाए इलेक्ट्रिक स्कुटर

लेभ्निङको स्किम विजेता बनेका खड्कीले पाए इलेक्ट्रिक स्कुटर

काठमाडौं – नेपालको ३१ वर्ष पुरानो व्यापारिक घराना बज्र ग्रुप अन्तर्गतको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...