टाटा ह्यारियर र सफारी अव पेट्रोल इन्जिनमा पनि उपलब्ध हुने

टाटा ह्यारियर र सफारीले छिट्टै पेट्रोल इन्जिन विकल्प पाउने भएको छ । डिजेल इन्जिनमा मात्रै उपलब्ध यी एसयूभीका लागि टाटा मोटर्सले छुट्टै नयाँ १.५ लिटर हाइपरियन इन्जिन ल्याएपछि सफारी र ह्यारियले पेट्रोल इन्जिनको विकल्प पाउन लागेको हो ।

हालै आफ्नो नयाँ १.५ लिटर टर्बो पेट्रोल इन्जिनमा सिएरा एसयूभी उतारेको कम्पनीले ह्यारियर र सफारीको लागि भने १.५ लिटर हाइपरियनलाई थप ट्युन गरेको छ । उक्त इन्जिनले ५,००० आरपीएममा १६८ बीएचपी र १,७५० देखी ३,५०० आरपीएममा २८० एनएम टर्क जेनेरेट गर्दछ ।

डिजेल इन्जिनको तुलनामा सस्तो पर्ने भन्दै कम्पनीले यी दुबै एसयूभीको पेट्रोल भर्सनका भेरिएन्टहरु सार्बजनिक गरेको छ । जसअनुसार, ह्यारियर पेट्रोल स्मार्ट, प्योर एक्स, प्योर एक्स डार्क, एडभेन्चर, एडभेन्चर एक्स डार्क, फियरलेस एक्स, फियरलेस एक्स डार्क र फियरलेस एक्स स्टेल्थ भेरियन्टहरूमा उपलब्ध हुने जनाइएको छ ।

त्यसैगरी, सफारी पेट्रोल स्मार्ट, प्योर, प्योर एक्स डार्क, एडभेन्चर एक्स+, एडभेन्चर एक्स+ डार्क, एक्म्प्लिश्ड एक्स, एक्म्प्लिश्ड एक्स+, एक्म्प्लिश्ड एक्स+ डार्क, एक्म्प्लिश्ड एक्स स्टेल्थ, एक्म्प्लिश्ड एक्स अल्ट्रा र एक्म्प्लिश्ड एक्स रेड डार्क भेरियन्टहरूमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा सनरुफयुक्त एसयूभी : सबैभन्दा सस्तो टाटा नेक्सन, यस्तो छ अन्यको अवस्था

नेपाली बजारमा सनरुफयुक्त एसयूभी : सबैभन्दा सस्तो टाटा नेक्सन, यस्तो छ अन्यको अवस्था

यूरोप र अमेरिका लगायत विश्वका अधिकांश विकसित देशमा सनरुफ भएका सवारी साधन...

सिप्रदीयन सहायता संस्थाद्वारा सातौं पुनर्निर्मित विद्यालय भवनको हस्तान्तरण

सिप्रदीयन सहायता संस्थाद्वारा सातौं पुनर्निर्मित विद्यालय भवनको हस्तान्तरण

काठमाडौं – टाटा कम्युनिटी इनिसियटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट...

टाटा मोटर्सको बिक्रीमा उछाल, कुल विक्रीको ४ प्रतिशत हिस्सा इलेक्ट्रिक कारको

टाटा मोटर्सको बिक्रीमा उछाल, कुल विक्रीको ४ प्रतिशत हिस्सा इलेक्ट्रिक कारको

भारतीय अटो निर्माता टाटा मोटर्सले जुलाई महिनामा उत्कृष्ट विक्री हाँसिल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...