मोटर पार्ट्स गोदाममा आगलागी
बुटवल – बुटवलको कालिकानगरमा रहेको एक मोटर पार्ट्सको गोदाममा आगलागी भएको...
काठमाडौं – विश्व प्रसिद्ध प्रविधि कम्पनी बोस अन्तर्गतको बोस पावर टुल्सको नेपालका लागिे आधिकारिक वितरक इन्फ्रारेड प्रालिले ११औं नेपाल वुड इन्टरनेसनल एक्सपोमा सहभागिता जनाउँदै बोसका विभिन्न पावर टुल्स र एसेसरिजमा आकर्षक एक्सपो–एक्सक्लुसिभ तथा डिलर केन्द्रित अफरहरु ल्याएको छ । एक्सपो अवधिभर अर्डर गरिएका निश्चित उत्पादनहरुमा ३० प्रतिशत सम्मको छुट उपलब्ध हुनेछ, जुन एक्सपोमा मात्र लागु हुनेछ ।
एक्स्पो अवधि भर बोसको स्टलमा आउने आगन्तुकहरूले छनोट गरिएका बोस पावर टुल्स र एसेसरिजमा सिधै २० सम्म छुटको लाभ लिन सक्नेछन्। १ लाख रुपैयाँभन्दा बढीको अर्डरमा २५ प्रतिशत सम्म छुट उपलब्ध हुनेछ भने ५ लाख रुपैयाँभन्दा माथिको खरिदमा अधिकतम ३० प्रतिशत सम्म छुट प्रदान गरिनेछ। यी सबै अफरहरू एक्सपो विशेष हुन् र प्रदर्शनी स्थलमै एक्सपो अवधिमा गरिएको अर्डरमा मात्र मान्य हुनेछन्।
यसका साथै, एक्सपोमा बोस उत्पादन खरिद गर्ने आधिकारिक डिलरहरूले थप १ प्रतिशत डिलर बोनस छुट प्राप्त गर्नेछन्। एक्सपो अवधिमा अर्डर गरिएका सबै योग्य टुल्समा एक वर्षको वारेन्टी पनि उपलब्ध गराइनेछ।
नेपालमा बोस पावर टुल्स वि.स. २०७३ देखि यसको एक मात्र आधिकारिक वितरक इन्फ्राटेक प्रालिमार्फत वितरण हुँदै आएका छन्, जसले प्रमाणिक उत्पादन र व्यापक बिक्रीपछिको सेवा सुनिश्चित गर्छ । बोसले निर्माण, अटोमोबाइल र घर सुधारका लागि बोस पावर टुल्सको विस्तृत श्रृंखला प्रस्तुत गरेको छ । नेपालभर यसका १०० भन्दा बढी आधिकारिक उप–वितरक सहितको राष्ट्रिय नेटवर्क छ । यसलाई १०० भन्दा बढी निर्माण कम्पनी, ५० उद्योग र २५ धातु कार्यशालाहरूले प्राथमिकता दिएका छन् ।
नेपालको काठ, वुडवर्किङ, फर्निचर तथा इन्टेरियर डिजाइन क्षेत्रका लागि सबैभन्दा ठुलो र सफल प्रदर्शनीको रूपमा परिचित नेपाल वुड इन्टरनेसनल एक्सपोको ११औँ संस्करण २०८२ पुष ४ देखि शुरु भएको छ र आज पुस ६ गते समापन हुँदैछ । काठमाडौँको भृकुटीमण्डप एक्जिविसन हलमा सो एक्सपो आयोजना भइरहेको छ ।
बुटवल – बुटवलको कालिकानगरमा रहेको एक मोटर पार्ट्सको गोदाममा आगलागी भएको...
यदि तपाईं बाइक चलाउनुहुन्छ भने गियर परिवर्तन गर्नु अघि क्लच थिच्नु...
काठमाडौं – एमके ग्रुपको रिटेलर मिट सम्पन्न भएको छ । एमके ग्रुपको नेपालका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...