डेढ महिनामा पाँच हजार मात्रै लाइसेन्स प्रिन्ट, किन भइरहेको छ ढिलाई ?

काठमाडौं–सुरक्षण मुद्रण केन्द्रले करिब डेढ महिनाको अवधिमा पाँच हजार हाराहारी लाइसेन्स छापेको छ । गत कात्तिक २१ गतेदेखि क्यूआर कोडसहितको लाइसेन्स छपाई सुरू गरेको केन्द्रले मंसिर २८ गतेसम्म चार हजार ९०० थान लाइसेन्स छापेको हो ।

यातायात व्यवस्था विभागको भवनमा आगलागी भएपछि ठप्प बनेको लाइसेन्स छपाई कार्य पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सुरु भएको छ । ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने लक्ष्यसहित काम सुरु भएकोमा केन्द्रको मेसिनबाट ३७ दिनमा ४९ सय थान लाइसेन्स छापिएको हो ।

केन्द्र र विभागबीच गत कात्तिक दोस्रो साता ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएको थियो । लाइसेन्स छपाई कार्य सुस्त भएकाले बाँकी ११ लाख ९५ हजार थान लाइसेन्स प्रिन्ट पाँच महिनामा सम्भव नहुने देखिएको छ ।

विभागका अनुसार जेनजी आन्दोलन हुनुअघि विभाग आफैले छाप्दाको जस्तो सहज अवस्था नभए पनि केही नहुनुभन्दा केही हुनु राम्रो भन्ने आधारमा प्रिन्ट कार्यलाई सकारात्मक रूपमा लिइएको छ ।

सुरक्षण मुद्रण केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स छाप्ने सम्झौता भए पनि विभागले डाटा नपठाउँदा लाइसेन्स छपाइले तीव्रता पाउन सकेको छैन । विभागले राम्रोसँग डाटा उपलब्ध गराउन नसकेको र केन्द्रमा पनि विभिन्न टेक्निकल समस्या आएकाले ठूलो परिमाणमा लाइसेन्स छाप्न नसकेको विभागले जनाएको छ ।

हाल सुरक्षण मुद्रण केन्द्रबाट विशेषगरी अत्यावश्यक (इमर्जेन्सी) लाइसेन्स मात्र छापिएर आएको छ । मुख्य फोकस विदेश जानेहरुलाई गरिएको छ । नेपालमै बस्ने तर एकदमै इमर्जेन्सी परेका सेवाग्राहीले विभागमा आएर जानकारी गराएमा उनीहरुको पनि लाइसेन्स तुरुन्तै छापिने छ । नेपालभित्र रसिद देखाएर पनि सवारी चलाउन मिल्ने भएकाले पहिलो प्राथमिकता विदेश जाने नागरिकलाई गरिएको विभागको भनाइ छ ।

सम्बन्धित समाचारहरू

मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने, १८ वर्ष पुगेकालाई लाइसेन्स

मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने, १८ वर्ष पुगेकालाई लाइसेन्स

काठमाडौं – अब मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने छ भने...

६ दिन पश्चात आज देखि लाइसेन्सको अनलाइन सेवा पुनः शुरु हुँदै

६ दिन पश्चात आज देखि लाइसेन्सको अनलाइन सेवा पुनः शुरु हुँदै

काठमाडौं – यातायात व्यवस्था विभागले आज साँझ ६ दिनपछि सवारी चालक...

विहान १० देखि साँझ ५ बजे सम्म ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन भर्न नसकिने

विहान १० देखि साँझ ५ बजे सम्म ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन भर्न नसकिने

काठमाडौ- । लामो समयको बन्दपछि खुलेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...