टाटा सिएराको १.५ लिटर टर्बो पेट्रोल इन्जिनद्वारा १२ घण्टामा नयाँ माइलेज रेकर्ड कायम

टाटा मोटर्सले आफ्नो नयाँ सिएरा एसयूभीले सबैभन्दा धेरै माइलेजको ऐतिहासिक सफलता हासिल गरेको घोषणा गरेको छ। नट्राक्स परीक्षण ट्र्याकमा गरिएको परीक्षणमा टाटाको १.५ लिटर हाइपरियन टर्बो पेट्रोल इन्जिनसहितको सिएराले १२ घण्टामा २९.९ किलोमिटर प्रतिलिटरको उल्लेखनीय माइलेज निकाल्दै सो सफलता हासिल गरेको हो ।

यसको परीक्षण पिक्सेल मोशन टोलीले नोभेम्बर ३०, २०२५ मा गरेको थियो । टोलीले बिहान ७ बजेबाट बेलुका ७ बजेसम्म चालक परिवर्तन गर्दै गाडी चलाएका थिए । परीक्षण प्रक्रिया त्यही दिन आधिकारिक रूपमा प्रमाणिकरण गरिएको थियो । नयाँ सिएरा नयाँ हाइपरियन टर्बो पेट्रोल इन्जिनद्वारा सञ्चालित थियो ।

कम्पनीले सो इन्जिन बढी माइलेजको लागि डिजाइन गरिएको बताएको छ । जसको कारणले गर्दा १२ घण्टासम्मको निरन्तर ड्राइभमा सिएराले उत्कृष्ट प्रदर्शन गर्न सक्यो । माइलेज मात्र होइन सिएराले सोही ट्र्याकमा गरिएका अन्य परीक्षणमा २२२ किलोमिटर प्रतिघण्टाको उच्चतम गति पनि हासिल गरेको थियो । यद्यपि ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै टाटाले उत्पादन मोडलको गतिलाई इलेक्ट्रोनिक रूपमा १९० किलोमिटर प्रतिघण्टासम्म सीमित गर्ने जनाएको छ।

नयाँ सिएरा एसयूभीमा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिनका विकल्पमा पनि उपलब्ध छ । यसमा ६ स्पिड म्यानुअल, ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक र ७ स्पिड ड्युअल क्लच अटोमेटिकजस्ता ट्रान्समिसन विकल्प उपलब्ध छ । सो एसयूभीले भारत एनक्याप क्र्यास परीक्षणमा ५ स्टार सेफ्टी मूल्याङ्कन हासिल गरेको छ ।

सम्बन्धित समाचारहरू

क्रेटालाई टक्कर दिन आउँदैछन् यी ५ नयाँ एसयुभी

क्रेटालाई टक्कर दिन आउँदैछन् यी ५ नयाँ एसयुभी

बजारमा अहिले सबैभन्दा बढी माग भएको सेग्मेन्ट हो मिडसाइज एसयुभी । यो...

अपडेट भएर आयो टाटा पन्च ईभी, १५ मिनेट चार्ज गर्दा ९० किलोमिटर रेन्ज पाइने

अपडेट भएर आयो टाटा पन्च ईभी, १५ मिनेट चार्ज गर्दा ९० किलोमिटर रेन्ज पाइने

टाटा मोटर्सले आफ्नो लोकप्रिय विद्युतीय एसयूभी पन्च ईभीलाई अपडेट गरेकोे छ...

नयाँ वर्ष २०२६ को अवसरमा सिप्रदीद्वारा टाटाको ‘न्यु इयर बिग स्विच’ अफर

नयाँ वर्ष २०२६ को अवसरमा सिप्रदीद्वारा टाटाको ‘न्यु इयर बिग स्विच’ अफर

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...