कति समयसम्म टिक्छ इलेक्ट्रिक कारको ब्याट्री ? फेर्दा धेरै महंगो किन ?

इलेक्ट्रिक सवारी साधनको प्रयोग विश्वभर तीव्र रूपमा बढ्दै गएको छ । प्रदूषण घटाउने उद्देश्यले पेट्रोल र डिजेल कारको सट्टा ईभीसँगको आकर्षण बढाइरहेको छ । तर यति धेरै चर्चा भइरहेको इलेक्ट्रिक कारको ब्याट्री कति वर्ष टिक्छ ? र बदल्न किन यति धेरै पैसा लाग्छ ?

इलेक्ट्रिक कारहरू वातावरणमैत्री भए पनि तिनको प्रमुख कमजोरी ब्याट्रीको मूल्य हो । कारको सबैभन्दा महँगो कम्पोनेन्ट नै ब्याट्री भएको कारणले धेरैले ईभी दीर्घकालीन रूपमा महँगो पर्ने शंका गर्छन् । अधिकांश कम्पनीले इलेक्ट्रिक कारको ब्याट्रीमा आठ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गर्छन् । तर वारेन्टीको अवधि मात्र होइन, ब्याट्रीको वास्तविक आयु चालकको बानी, चार्ज गर्ने तरिका, तापमान र मार्गस्थितिमा निर्भर रहन्छ ।

रिपोर्टका अनुसार सही प्रयोग र मर्मतको साथ एक कम्पनी ग्रेड इलेक्ट्रिक कारको ब्याट्री सामान्यतया आठदेखि १० वर्षसम्म सजिलै टिक्न सक्छ। केही अवस्थामा यो अवधि अझै बढ्न सक्छ। तर गलत चार्जिङ, अत्यधिक तातो वातावरणमा प्रयोग, वा बारम्बार फास्ट–चार्जिङले यसको आयु घटाउन सक्छ।

ब्याट्री बदल्नुपर्ने अवस्थामा भने खर्च अत्यन्तै ठूलो हुन्छ । एउटा इलेक्ट्रिक कारको ब्याट्री बदल्दा कारको कुल मूल्यको ५० प्रतिशतसम्म खर्च हुन सक्छ । केही मोडलहरूमा त यो लागत अझै बढ्नसक्ने तथ्य पनि देखिएको छ । यसको प्रमुख कारण ब्याट्रीमा प्रयोग हुने दुर्लभ र महँगा धातुहरू, जटिल संरचना र ठूलो क्षमता हो, जसले उत्पादन लागतलाई अत्यधिक बढाउँछ ।

इलेक्ट्रिक सवारी साधनको प्रयोग बढिरहे पनि, ब्याट्रीको मूल्य र लामो समयपछि आउने यो महँगो खर्च धेरै उपभोक्ताको मुख्य चिन्ता बनेको छ । तर प्राविधिक सुधार र व्यापक उत्पादनका कारण भविष्यमै ब्याट्रीको मूल्य घट्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर, ८० हजार छुट पाइने

डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर, ८० हजार छुट पाइने

काठमाडौं – डोङफेङ नामीले चाडपर्व आउनु अगावै ग्राहकहरूलाई उत्सवको अनुभव...

यस्तो हुनेछ ओकायाको नयाँ इलेक्ट्रिक स्कुटर, टिजर सार्वजनिक

यस्तो हुनेछ ओकायाको नयाँ इलेक्ट्रिक स्कुटर, टिजर सार्वजनिक

ओकाया ईभीले नयाँ इलेक्ट्रिक स्कुटरको टिजर सार्वजनिक गरेको छ । सो स्कुटरको...

निजी क्षेत्रलाई साथमा लिएर चार्जिङ स्टेशन विस्तार गरिने

निजी क्षेत्रलाई साथमा लिएर चार्जिङ स्टेशन विस्तार गरिने

सरकारले विद्युतिय सवारी साधनका लागि चार्जिङ स्टेशन विस्तारमा निजी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...