इन्जिन र फिचर अपडेट भएर आयो हन्टर ३५०, मूल्य कति ?

काठमाडौं–रोयल इनफिल्डको सबैभन्दा सस्तो मोडल हन्टर ३५० अपडेट भएर आएको छ । नेपाली बजारमा यसअघि नै उपलब्ध हन्टर ३५० अव बिएस६ इन्जिनमा आएको हो । इन्जिन अपडेटसंगै बाइकमा नयाँ फिचर समेत थप गरिएको छ ।

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्सले सोमबार एक कार्यक्रम आयोजना गरी नयाँ हन्टर ३५० लन्च गरेको हो । कार्यक्रममा ११ जना ग्राहकलाई बाइकको चाबी हस्तान्तरण गरिएको थियो ।

सिंगल र डुअल टोन कलरमा उपलब्ध यस मोटरसाइकलको मूल्य ४ लाख ९५ हजार र ५ लाख रुपैयाँ निर्धारण गरिएको छ । नयाँ हन्टरलाई रोयल इनफिल्डको नेपालस्थित प्लान्टबाट एसेम्वल गरिने कम्पनीले जनाएको छ ।

हन्टर ३५० को अपडेटेड भर्सनमा बिएस६ इन्जिनका साथै, डुअल च्यानल एबिएस, स्लिप असिस्ट क्लच, नयाँ सस्पेन्सन सेटअप, नयाँ डिजिटल क्लस्टर, पूर्णत एलईडी लाइट र उच्च ग्राउन्ड क्लिरियन्स जस्ता फिचर थप गरिएको छ ।

सम्बन्धित समाचारहरू

१० लाख रोयल इन्फिल्ड बिक्री हुँदा नेपाल १० प्रतिशत बढीको अन्तर्राष्ट्रिय बजार

१० लाख रोयल इन्फिल्ड बिक्री हुँदा नेपाल १० प्रतिशत बढीको अन्तर्राष्ट्रिय बजार

रोयल इन्फिल्डले एक आर्थिक वर्षमा विश्वभर १० लाख मोटरसाइकल बिक्री गरेर...

विभिन्न कार्यक्रम गरी सम्पन्न भयो रोयल इन्फिल्ड ‘वान राइड २०२४’

विभिन्न कार्यक्रम गरी सम्पन्न भयो रोयल इन्फिल्ड ‘वान राइड २०२४’

काठमाडौं–रोयल इन्फिल्डको नेपालका लागी आधिकारिक बिक्रेता अल्फा...

रोयल इन्फिल्डले हासिल ग-याे १० लाख युनिट बिक्रीको नयाँ रेकर्ड

रोयल इन्फिल्डले हासिल ग-याे १० लाख युनिट बिक्रीको नयाँ रेकर्ड

रोयल इन्फिल्डले हालसम्मकै सर्बधिक बिक्रीको रेकर्ड कायम गरेको छ । कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...