दुबईमा कार धुने एक नेपाली युवाले जिते ३४ करोडको चिठ्ठा
दुबईमा कार धुने काम गरिरहेका एक नेपाली युवाले करिव ३४ करोड रुपैयाँको...
बढी दुर्घटना हुने स्थान (Black Spot) भन्नाले सडकको त्यो विशेष खण्ड वा क्षेत्रलाई जनाउँछ, जहाँ गम्भीर प्रकृतिका सवारी दुर्घटना नियमित रूपमा दोहोरिने गर्दछ । चालकले सामान्य स्थान भन्दा धेरै बढी सावधानी अपनाउनुपर्ने जोखिमयुक्त सडक क्षेत्रलाई नै ब्ल्याक स्पट भनिन्छ ।
ट्राफिक नियमानुसार, यस्ता स्थानहरूको पहिचान विगत ३ देखि ५ वर्षको अवधिमा त्यहाँ भएका दुर्घटनाको संख्या, त्यसले निम्त्याएको गम्भीरता (गम्भीर घाईते वा मृत्यु) तथा दुर्घटनाको पुनरावृत्तिका आधारमा गरिन्छ । यसरी तथ्यांक र वैज्ञानिक मापदण्डका माध्यमबाट चिनिएका ब्ल्याक स्पटहरू सडक सुरक्षाका दृष्टिले सर्वाधिक संवेदनशील क्षेत्र मानिन्छन् । यी स्थानहरू सडकको खराब डिजाइन, अत्यधिक मोड, अपर्याप्त संकेत वा चालकहरूको गम्भीर लापरबाहीका कारण उच्च जोखिमयुक्त बनेका हुन्छन् ।
ब्ल्याक स्पटहरूमा सवारी चलाउँदा चालकले विशेष सतर्कता अपनाउनु अनिवार्य हुन्छ । तपाई पनि दुर्घटना टार्नका लागि निम्न बुँदाहरूमा सदैव ध्यान दिनुहोस् :
ब्ल्याक स्पटको पहिलो नियम हो - गति नियन्त्रण । तीव्र गति, यहाँ दुर्घटनाको सबैभन्दा ठूलो कारक हो । ब्ल्याक स्पट नजिक पुग्नेबित्तिकै सडकमा तोकिएको गति सीमालाई कडाइका साथ पालना गर्नुहोस् । गति कम हुँदा प्रतिक्रिया समय बढ्छ, आकस्मिक ब्रेक प्रभावकारी हुन्छ र सवारी नियन्त्रणमा रहन्छ ।
अगाडिको सवारी साधनसँग सधैँ पर्याप्त सुरक्षित दूरी कायम गर्नुहोस् । आकस्मिक ब्रेक लगाउनु पर्दा दुर्घटनाबाट बच्न यो आवश्यक छ ।
सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने, खानेकुरा खाने, हेडफोन प्रयोग गर्ने वा अन्यत्र ध्यान दिने जस्ता गतिविधिहरूबाट पूर्ण रूपमा टाढा रहनुहोस् । तपाईंको पूर्ण एकाग्रता सडकमा मात्र हुनुपर्छ ।
सडक छेउमा राखिएका साँघुरा मोड, उकालो, ओरालो, चिप्लो सडक, बजार तथा विद्यालय क्षेत्र जस्ता सबै चेतावनी चिन्हहरूलाई ध्यानपूर्वक पालना गर्नुहोस् ।
सधैँ आफ्नो लेनमा मात्र सवारी चलाउनुहोस् । मोड भएको ठाउँ वा विपरीत दिशाबाट सवारी आउन सक्ने ब्ल्याक स्पट क्षेत्रमा ओभरटेक गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस् । जथाभावी ओभरटेक गर्दा दृष्य अवरुद्ध हुन्छ, विपरीत दिशाबाट आउने सवारी देखिँदैन र मोडमा सन्तुलन बिग्रन सक्छ । आफू र अरूको जीवन बचाउन जथाभावी ओभरटेक नगर्नुहोस् ।
वर्षा, कुहिरो वा हिउँ परेको बेला दृष्यता (Visibinility) कम हुन्छ । यस्तो अवस्थामा हेडलाइट बाल्नुहोस् र गाडीको गति सामान्य भन्दा धेरै कम गर्नुहोस् ।
लामो यात्रामा थकाइ लागेमा वा निद्रा आएमा सुरक्षित स्थानमा रोकेर आराम गर्नुहोस् । थकित अवस्थामा सवारी चलाउनु नशालु पदार्थ सेवन गरेर चलाउनु जत्तिकै खतरनाक हुन्छ ।
यात्रा गर्नुअघि ब्रेक, टायर, हेडलाइट र इन्डिकेटर जस्ता महत्त्वपूर्ण भागहरू जाँच गर्नुहोस् ।
लागु पदार्थ तथा मादक पदार्थ सेवन गरेर ब्ल्याक स्पटमा मात्र होइन, कहिले पनि सवारी नचलाउनुहोस् । यो नियमको कडाइका साथ पालना गर्नुहोस् ।
Black Spot त्यस्ता सडक क्षेत्र हुन् जहाँ 'एक सेकेन्डको त्रुटि, जीवनभरको पश्चाताप' बन्न सक्छ ।
चालकको सानो सतर्कता, गति नियन्त्रण, ट्राफिक ईशारा तथा संकेतको पालना र अनुशासनले ठूलो दुर्घटना रोक्न सक्छ । सडक सुरक्षा कुनै सरकारी नियम मात्र नभई हरेक चालकको व्यक्तिगत जिम्मेवारी पनि हो ।
तपाईंको सानो सतर्कताले परिवार, यात्रु र समाज सबैलाई सुरक्षित राख्छ ।
–प्र.ब.ना.नि. बिष्णु थापा
प्रमुख–जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोक
दुबईमा कार धुने काम गरिरहेका एक नेपाली युवाले करिव ३४ करोड रुपैयाँको...
काठमाडौं- सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि...
विश्वप्रसिद्ध ट्रक निर्माता डीएएफले दुई नयाँ इलेक्ट्रिक ट्रक एक्सजी र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...