विश्वमै चर्चित छन् भारतका यी चार टायर ब्रान्डहरु

हालै सार्वजनिक भएको टायर बिजनेसको ग्लोबल टायर रिपोर्ट अनुसार ४ भारतीय टायर निर्माता कम्पनी अब विश्वका शीर्ष २० मा समावेश भएका छन् । एमआरएफ विश्वव्यापी सूचीमा १३औं स्थानमा रहेको छ, जबकि अपोलो टायर १४ औं स्थानमा, जेके टायर एन्ड इन्डस्ट्रीज १९ औं स्थानमा र सियट २०औं स्थानमा पर्न सफल भएक छन् ।

२०१३ देखि अपोलो टायरले आफ्नो टायरमा सुधार गर्दै आएको छ भने जेके टायर सोही अवधिमा ६ स्थान माथि उक्लिएको छ। सियटले पनि गत वर्ष उल्लेखनीय वृद्धि देखाएको छ । रिपोर्टका अनुसार भारतीय टायर उद्योगले आफ्नो उत्पादन क्षमता, प्रविधि लगानी र निर्यात-कुशलता सुधार गर्दै आएको छ।

भारतीय निर्माता स्पेसिफिक र हाई एन्ड परफर्मन्स क्षेत्रमा पनि विश्वव्यापी नेतृत्व स्थापित गरेको छ । रेसिङ टायर बनाउनमा एमआरएफ विश्वको नम्बर १ रेसिङ टायर निर्माता हो । एमआरएफ ४ प्लान्ट सहित मोटरसाइकल टायर निर्माणमा दोस्रो स्थानमा छ, त्यसपछि सियट ३ प्लान्ट सहित दोस्रो स्थानमा छ। फार्म टायर क्षेत्रमा एमआरएफ ७ प्लान्ट सहित विश्वको नम्बर २ निर्माता हो।

रिपोर्टका अनुसार सन् २०४७ सम्ममा भारतमा टायर उत्पादनको मात्रा लगभग चार गुणा बढ्ने अपेक्षा गरिएको छ, जबकि उद्योग राजस्व लगभग १२  गुणा बढेर लगभग १३ लाख करोड भारु पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा अब एसेन्सोका ओटीआर टायर उपलब्ध

नेपाली बजारमा अब एसेन्सोका ओटीआर टायर उपलब्ध

काठमाडौं – नेपाली बजारमा भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ का अफ द रोड...

फुटबलमा एपोलो टायरको अभियान, म्यानचेस्टर युनाइटेडसँग सहकार्यका लागि तीन खेलाडी छनोट

फुटबलमा एपोलो टायरको अभियान, म्यानचेस्टर युनाइटेडसँग सहकार्यका लागि तीन खेलाडी छनोट

काठमाडौं – प्रसिद्ध टायर निर्माता कम्पनी एपोलो टायरले ग्रासरुट फुटबल...

स्पेयर टायरलाई किन भनिन्छ स्टेपनी ?

स्पेयर टायरलाई किन भनिन्छ स्टेपनी ?

स्टेपनी नाम सबैले कुनै न कुनै बेला सुनेकै होला । कारको टायर पञ्चर हुँदा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...