फ्रिक्वेन्सी डिपेन्डेन्ट ड्याम्पर: लक्जरी कारमा मात्र पाइने फिचर अब टाटा सिएरामा

टाटा सिएराले कम्प्याक्ट एसयूभी सेगमेन्टमा हलचल मच्चाइरहेको छ । रेट्रो डिजाइन, एड्भान्स फिचर र शक्तिशाली प्याकेजका साथ बजारमा आएको सो गाडीले सुरुवातदेखि नै सबैको ध्यान खिचेको छ । खासगरी यसको एडभेन्चर प्लस र टप भेरिएन्टले यस्तो विशेषता दिएका छन् जुन अहिलेसम्म लाखौं मूल्यका लक्जरी गाडीहरूमा मात्र पाइन्छ । त्यो अनौठो विशेषता फ्रिक्वेन्सी डिपेन्डेन्ट ड्याम्पर अर्थात् एफडीडी प्रविधि हो ।

सो प्रविधिले गाडीको सस्पेन्सनलाई सडकको अवस्थाअनुसार आफैं समायोजन गर्छ । सामान्य सस्पेन्सन जहिले पनि एउटै कडापनमा काम गर्छ तर एफडीडीले सडकमा आउने झट्काको गति र आवृत्ति हेरेर तुरुन्तै आफूलाई नरम वा कडा बनाउँछ । फलस्वरूप खाल्डाखुल्डी र कच्ची बाटोमा गाडी एकदमै नरम र आरामदायी हुन्छ भने राजमार्गमा उच्च गतिमा दौडँदा गाडी पूर्ण रूपमा स्थिर र नियन्त्रणमा रहन्छ ।

एडभेन्चर प्लस भेरिएन्टबाट सुरु हुने सो प्रविधिसँगै टाटा मोटर्सले अन्य धेरै प्रिमियम फिचर पनि समावेश गरेको छ । यसमा १८  इन्चको अलोय ह्विल, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, बोस मोड, एम्बियन्ट लाइटिङ, ६०/४० स्प्लिट फोल्डिङ रियर सिट र थाई सपोर्ट एक्सटेन्सन्स जस्ता फिचर समावेश छ  साथै यसको टप भेरिएन्टमा १२.३ इन्चको प्यासेन्जर स्क्रिन पनि दिइएको छ ।

टाटा सिएराको मूल्य ११ लाख ४९ हजार भारुबाट सुरु हुन्छ भने बाँकी भेरिएन्टको मूल्य आगामी डिसेम्बरमा खुलाइने बताइएको छ । बजारमा यसले हुन्डाई क्रेटा, किया सेल्टोस, मारुती भिक्टोरिस, टोयोटा अर्बन क्रुजर हाइराइडर र होन्डा एलिभेटजस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

टाटाको नयाँ एसयुभी ‘सिएरा’ नोभेम्बर २५ मा लन्च हुने

टाटाको नयाँ एसयुभी ‘सिएरा’ नोभेम्बर २५ मा लन्च हुने

टाटाको नयाँ एसयुभी ‘सिएरा’ आगामी नोभेम्वर २५ मा लन्च हुने भएको छ । हालको...

सिप्रदी एस्योर्डको ‘ईयर इन्ड सेल’ स्किम, गाडी खरिद र सट्टापट्टमा फाइदै फाइदा

सिप्रदी एस्योर्डको ‘ईयर इन्ड सेल’ स्किम, गाडी खरिद र सट्टापट्टमा फाइदै फाइदा

काठमाडौं–टाटा प्यासेन्जर कारको आधिकारिक रिकन्डिसन हाउस सिप्रदी...

भारतमा टाटा पन्च ईभीको चर्चा, नेपालमा करको डर

भारतमा टाटा पन्च ईभीको चर्चा, नेपालमा करको डर

भारतीय बजारमा हालै लन्च भएको टाटाको नयाँ इलेक्ट्रिक कार पन्च ईभी अहिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...