टीभीएसको होसुर प्लान्टमा बीएमडब्लु एफ ४५० को उत्पादन सुरु

भारतमा बीएमडब्लु एफ ४५० जीएसको उत्पादन सुरु भएको छ । नयाँ एड्भेन्चर बाइक बैंगलोर नजिकै टीभीएस मोटर कम्पनीको होसुर प्लान्टमा उत्पादन हुन थालेको हो ।

बीएमडब्लु मोटरार्ड र टीभीएस बीचको सहकार्यमा भारतमा बीएमडब्लुका मोटरसाइकल उत्पादन हुँदै आएका छन् । जसको परिणाम स्वरुप नयाँ मोटरसाइकल एफ ४५० जीएसको उत्पादन समेत टीभीएस प्लान्टबाटै भएको हो ।

यी दुई कम्पनीको सहकार्यमा हालसम्म २ लाख युनिट बाइक उत्पादन भएको घोषणा समेत गरिएको छ । एफ ४५० जीएसले ब्रान्डको लाइनअपमा नयाँ इन्ट्री लेभल एड्भेन्चरको रुपमा जी ३१० जीएसलाई प्रतिस्थापन गर्नेछ ।

ट्युबलर स्टिल फ्रेममा आधारित एफ ४५० जीएसको अगाडि ४३ मिलिमिटर केवाईबी अपसाइड–डाउन फोर्क र पछाडि मोनोशक सस्पेन्सन जडान गरिएको छ ।

बाइकमा जडान गरिएको ४५० सीसी ट्विन–सिलिन्डर इन्जिनले ४७.५ बीएचपी पावर र ४३ एनएम टर्क जेनेरेट गर्दछ । साथै, यसमा ६ स्पिड गियरवक्स दिइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...