बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न भएको छ ।
बरिष्ठ चलचित्रकर्मी हरिहर शर्माको प्रमुख आतिथ्यता, आयोजक संस्थाका प्रबन्धक निर्देशक ओम प्रकाश राईको सभा अध्यक्षतामा नेपाल चलचित्र विकास वोर्डको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
समारोहमा वरिष्ठ संचारकर्मी शिरोमणी दवाडीलाई ३० वर्ष संचार क्षेत्रमा योगदान पुर्याए बापत राष्ट्रिय सृर्जनशील सञ्चारकर्मी सम्मान प्रदान गरियो । दवाडी अटोमोबाइल म्यागेजिनमा सम्पादकको भुमिकामा कार्यरत छन् ।
युवा साहित्यकार भिष्मराज फुलारालाई राष्ट्रिय साहित्य रत्न सम्मान प्रदान गरियो । गायक शीव परियारलाई राष्ट्रिय संगीत रत्न सम्मानले सम्मानित गरिएको थियो भने डा.सूर्य बहादुर मगर– राष्ट्रिय संगीत व्यवसायी सम्मान, राजेन्द्र बजगाई–राष्ट्रिय संगीत एंव कला रत्न सम्मान, देवेन्द्र पाण्डे– राष्ट्रिय संगीत तथा कला सम्मान प्रदान गरिएको थियो ।
वरिष्ठ कलाकार हरिहर शर्माले कलाको सम्मान र प्रतिभा पहिचानले सिर्जनात्मक कार्यलाई प्रोत्साहन मिल्ने बताए । कलाकार राष्ट्रका पहिचान भएकाले सरकारले पनि कला क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उनको धारण थियो ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट सर्जकहरूलाई दोश्रो ओप्सना फिल्मस अवार्ड २०८२ प्रदान गरिएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...