केटीएम १२५, २५० र ३९० ड्युकको विश्वव्यापी रिकल, नेपालमा छैन समस्या

केटीएमले ड्युक सिरिजका १२५, २५० र ३९० मोडलका मोटरसाइकललाई विश्वभरबाट फिर्ता बोलाएको छ । २०२४ मा उत्पादन भएका यी मोटरसाइकलको फ्युल ट्यांक क्याप सिलमा समस्या देखिएको भन्दै फिर्ता बोलाइएको हो ।

केटीएमका अनुसार, गुणस्तर परीक्षणहरूले १२५ ड्युक, २५० ड्युक र ३९० ड्युक तथा ९९० ड्युकका केही युनिटमा रहेको फ्युल ट्यांक सिल कम्पनीले निर्धारण गरेको गुणस्तर अनुसार नभएको पत्ता लगाएको छ । कमसल गुणस्तरका ती सिलहरूमा साना दरारहरू विकास हुन सक्ने र जसले गर्दा इन्धन चुहावट हुन सक्ने जनाइएको छ ।

केटीएमले प्रभावित बाइकका मालिकहरूलाई फिर्ता बोलाउने बारे सूचित गर्न र उनीहरूको नजिकको आधिकारिक सेवा केन्द्रमा अपोइन्टमेन्ट बुक गर्न सम्पर्क गर्नेछ । समस्या देखिएका ती बाइकको सिलहरु निःशुल्क फेरिदिने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले केटीएमको वेबसाइटमा बाइकको भीआईएन मार्फत फिर्ता बोलाईबाट आफ्नो बाइक प्रभावित छ कि छैन भनेर जाँच गर्न सक्नेछन् ।

तर यो समस्या नेपालमा उपलब्ध केटीएमका कुनै पनि मोडलमा नभएको कम्पनी स्रोतले जनाएको छ । यसकारण नेपालमा उपलब्ध कुनै पनि बाइकलाई रिकल गर्नु पर्ने आवश्यकता नभएको समेत बताइएको छ ।

सम्बन्धित समाचारहरू

केटीएम ट्र्याक टेस्ट एक्सपेरियन्स इभेन्ट आयोजना हुने, रजिष्ट्रेसन आह्वान

केटीएम ट्र्याक टेस्ट एक्सपेरियन्स इभेन्ट आयोजना हुने, रजिष्ट्रेसन आह्वान

काठमाडौं – केटीएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

एसवाईएमको नयाँ बाइक आउँदै, देशभर डिलरका लागि प्रस्ताव आह्वान

एसवाईएमको नयाँ बाइक आउँदै, देशभर डिलरका लागि प्रस्ताव आह्वान

काठमाडौं – नेपाली बजारमा एसवाईएम ब्रान्डको बाइक एनएचटी २०० उपलब्ध हुने...

नयाँ ड्यूक ३९० को बिक्री सुरु, पहिलो दिनमै ५० वटा बाइक हस्तान्तरण

नयाँ ड्यूक ३९० को बिक्री सुरु, पहिलो दिनमै ५० वटा बाइक हस्तान्तरण

काठमाडौं–केटिएम ३९० ड्यूकको थर्ड जेनेरेशन नेपाली बजारमा लन्च भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...