३५० सीसी सेगमेन्टमा रोयल इनफिल्डको एकछत्र राज, तीन महिनामै ३ लाख बढी बाइक बिक्री
काठमाडौं–आर्थिक वर्ष २०२६÷२७ को पहिलो त्रैमासिकमा रोयल इनफिल्डले नयाँ...
रोयल इनफिल्डले भारतमा जारी मोटोभर्स २०२५ मेटियर ३५० को नयाँ विशेष संस्करण लन्च गरेको छ । कम्पनीले सनडाउनर ओरेन्ज नाममा सो नयाँ संस्करण लन्च गरेको हो ।
मेटियर ३५० सनडाउन ओरेन्जमा क्रिम हाइलाइटहरू सहितको अरेन्ज कलर स्किम दिइएको छ । बाइकमा पिलियन ब्याकरेस्ट सहितको टुरिङ सिट, अग्लो फ्लाई स्क्रिन र ट्रिपर नेभिगेसन पोड जस्ता फ्याक्ट्रि फिटेड एक्सेसोरिज पाउन सकिन्छ ।
सो विशेष संस्करणमा रोयल इनफिल्डले स्ट्यान्डर्ड मेटियर ३५० मा जस्तै ३४९ सीसी, सिंगल–सिलिन्डर, एयर–कूल्ड इन्जिन जडान गरेको छ । यसले २०.२ बीएचपी र २७ एनएम टर्क जेनेरेट गर्दछ ।
सस्पेन्सन सेटअपमा टेलिस्कोपिक फोर्क र डुअल शक अब्जर्बर समावेश गरिएको छ । अगाडि र पछाडि दुबै चक्कामा एकल डिस्क ब्रेकसहितको डुअल च्यानल एबिएस राखिएको यस मोटरसाइकलमा एल्युमिनियम ट्युबलेस स्पोक ह्विल पाउन सकिन्छ ।
मेटियर रेन्जमा सबैभन्दा माथी राखिएको यस मोटरसाएइकलको मूल्य २ लाख १९ हजार भारु निर्धारण गरिएको छ । भविष्यमा सो नयाँ एडिसन नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...