साढे २ महिना पछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन फारम, पहिले भरेका सबै फारम रद्द
काठमाडौं – सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स)को अनलाइन...
काठमाडौं - यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण अब फेसबुकमा राख्ने भएको छ।
विभागले बिहीबार सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने जानकारी दिएको हाे ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, “सवारी चालक अनुमतिपत्र छपाइका लागि अनलाइन फारम भरी ‘एप्रुभ’ भएपश्चात ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भन्ने जानकारी यसअघि प्रणाली ध्वस्त हुनुअघि आउने गरेको थियो । अब सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने छ।”
यसअघि यस्ता लाइसेन्सको जानकारी प्रणालीमार्फत ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भनेर सन्देश पठाउने गरिएको थियो ।
जेनजी आन्दोलनमा उक्त प्रणाली ध्वस्त भएको थियो। फेसबुक पेजमा विवरणसहितको नाम समावेश भएको अवस्थामा आवेदनकहरु सक्कल राजस्व रसिद र पुरानो सवारी चालक अनुमतिपत्र लिई विभागमा उपस्थित हुन पनि विभागले अनुरोध गरेको छ ।
काठमाडौं – सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स)को अनलाइन...
काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात...
काठमाडौँ – अनुत्तीर्ण परीक्षार्थीबाट पैसा लिएर सवारीचालक अनुमतिपत्र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...