सार्वजनिक भयो हुन्डाईको आकर्षक स्पोर्टी कार आई२० एन लाइन, बुकिङ सुरु
हुन्डाईले मंगलबार भारतमा नयाँ कार हुन्डाई आई२० एन लाइन आधिकारिक रुपममा...
हुन्डाईले आफ्नो नयाँ अफरोड एसयूभी क्रेटर एक्स्ट्रिमको स्केच सार्वजनिक गरेको छ । २०२५ मा हुने एलए अटो शोमा आधिकारिक रूपमा प्रस्तुत गरिने सो नयाँ एसयूभीको कन्सेप्ट स्केच सार्बजनिक गरिएको हो ।
हुन्डाई क्रेटर कन्सेप्ट एक्स्ट्रिमलाई क्यालिफोर्नियाको इरभिनस्थित हुन्डाई अमेरिका टेक्निकल सेन्टरमा विकास गरिएको हो । यो हुन्डाईको एक्सआरटी लाइनअपलाई अझ बलियो रूपमा स्थापित गर्ने लक्ष्यसहित तयार गरिएको छ, जसमा आयोनिक ५ एक्सआरटी, सान्ता क्रुज एक्सआरटी र नयाँ पालिसेड एक्सआरटी प्रो जस्ता मोडल समावेश छ ।
क्रेटर कन्सेप्टको डिजाइन हुन्डाई नेक्सो हाइड्रोजन एसयूभीसँग मिल्दोजुल्दो देखिए पनि, यसको पछाडिको भाग र साइड प्रोफाइल पूर्ण रूपमा नयाँ रहेको छ । यसको एक्सटेरियर डिजाइन हुन्डाईको नयाँ क्वाड डट लोगो, पिक्सेल–थिम हेडलाइट र टेललाइट, उठेको स्कल्प्टेड बोनट, ठूलो स्किड प्लेट, रूफ र्याहक, फ्लडलाइट, चौडा एमटी टायर र ठूला पाङ्ग्राहरू रहेको छ । साथै, ओआरभीएमको स्थानमा रियर–भ्यु क्यामेरा, बाक्लो सी–पिलर र ठूलो रियर स्पोइलर रहेको छ ।
यद्यपि सो कन्सेप्ट मोडल उत्पादनमा आउने कि नआउनेबारे कम्पनीले अहिलेसम्म केही खुलाएको छैन। तर यदि यो उत्पादनमा आयो भने, यसलाई पेट्रोल, डिजेल तथा इलेक्ट्रिक तीनै पावरट्रेन विकल्पमा प्रस्तुत गरिने सम्भावना छ।
हुन्डाईले मंगलबार भारतमा नयाँ कार हुन्डाई आई२० एन लाइन आधिकारिक रुपममा...
कोरियन अटो निर्माता हुन्डाई मोटर्सल हाइड्रोजन सेल प्रविधीमा आधारित कारको...
हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...