यातायातको डेटा सेन्टरमा समस्या, नयाँ लाइसेन्स आवेदन फेरि रोकियो

काठमाडौं– यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या उत्पन्न भएपछि नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रक्रिया फेरि बन्द भएको छ । १६ कात्तिकदेखि आंशिक रूपमा सञ्चालनमा आएको प्रणाली आजदेखि अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा रोकिएको विभागले जनाएको छ ।

इलेक्ट्रोनिक ड्राइविङ लाइसेन्स तथा नयाँ लाइसेन्स आवेदन प्रणाली नियमित रूपमा सञ्चालनमा आउँदै गर्दा फेरि समस्या देखिएपछि सेवाग्राहीहरू प्रभावित बनेका छन् । विभागका अनुसार प्रणालीमा उत्पन्न प्राविधिक त्रुटिका कारण आवेदन दर्ता, डेटा अभिलेख, अनलाइन भेरिफिकेशन लगायतका सेवा अवरुद्ध भएका छन् ।

यातायात व्यवस्था विभागले २३ र २४ भदौमा भएको आन्दोलनका क्रममा आफ्नो केन्द्रीय प्रणालीमा ठूलो क्षति पुगेको जनाएको थियो । त्यसपछि लामो समयसम्म अवरुद्ध सेवा १६ कात्तिकबाट आंशिक रूपमा सुचारु गरिएको थियो ।

तर, डेटा सेन्टरमा फेरि समस्या देखिएपछि लाइसेन्ससम्बन्धी सम्पूर्ण प्रक्रिया पुनः रोकिएको छ ।

सम्बन्धित समाचारहरू

अब स्मार्ट लाइसेन्स प्रदेशमै छापिने, विदाका दिन पनि ट्रायल लिइने

अब स्मार्ट लाइसेन्स प्रदेशमै छापिने, विदाका दिन पनि ट्रायल लिइने

काठमाडौं – सवारी साधनका लागि आवश्यक सवारी चालक अनुमतिपत्र (स्मार्ट...

विदेश जाने र अन्यले शीघ्र प्रिन्ट चाहिएमा ड्राइभिङ लाइसेन्सका लागि अनलाइन आवेदन दिन सकिने

विदेश जाने र अन्यले शीघ्र प्रिन्ट चाहिएमा ड्राइभिङ लाइसेन्सका लागि अनलाइन आवेदन दिन सकिने

काठमाडौं – विभिन्न कारणले छिट्टै नै सवारी चालक अनुमति पत्र आवश्यक भएमा अब...

ट्राफिक चेकिङ हुँदा अब नागरिक एपबाटै लाइसेन्स देखाउन मिल्ने

ट्राफिक चेकिङ हुँदा अब नागरिक एपबाटै लाइसेन्स देखाउन मिल्ने

काठमाडौं– ट्राफिक चेकिङ हुँदा अब सवारी चालकले मोबाइलमा नागरिक एपमार्फत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...