चाडपर्वको पहिलो संकेत – आयो सुजुकी पर्वोत्सव, दशै तिहारको अवसरमा नगद छुट र अन्य सुविधा
काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्प मार्फत...
भारतीय अटो बजारमा लामो समयदेखि प्रतीक्षित मारुती सुजुकीको पहिलो इलेक्ट्रिक कार ‘ई-भिटारा’ अब केवल १४ दिनमै बजारमा आउने तयारीमा छ। कम्पनीले यसअघि सन् २०२३ को अटो एक्स्पोमा ईभीएक्स अवधारणाको रूपमा यस मोडललाई पहिलो पटक प्रदर्शन गरेको थियो र पछिल्लो पटक सन् २०२५ को इन्डिया मोबिलिटी शोमा यसको उत्पादन तयारी संस्करण सार्वजनिक गरिएको थियो । रिपोर्टका अनुसार मारुती सुजुकी ई-भिटारा २०२५ डिसेम्बर २ बाट भारतमा बिक्रीका लागि उपलब्ध हुनेछ।
ई-भिटाराले बजारमा हुन्डाई क्रेटा इलेक्ट्रिक, महिन्द्रा बीई६, एमजी जेडएस ईभी र टाटा सिएरा ईभी जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ । कम्पनीले यसलाई आफ्नो पहिलो पूर्ण रूपमा इलेक्ट्रिक एसयूभीको रूपमा प्रस्तुत गर्दैछ ।
भारतका लागि निर्माण गरिएको ई-भिटारामा दुई ब्याट्री विकल्प ४९ किलोवाट र ६१ किलोवाट दिइनेछ, जसमा अगाडिको भागमा एक्सएल माउन्ट गरिएको इलेक्ट्रिक मोटर हुनेछ । ६१ किलोवाट ब्याट्री भेरिएन्टमा ड्युअल मोटर सेटअप र अल–ह्विल ड्राइभ सिस्टम पनि उपलब्ध हुनेछ ।
यसको ४९ किलोवाटको भेरिएन्टले अधिकतम १४४ बीएचपी पावर उत्पादन गर्नेछ र फुल चार्जमा करिब ३४४ किलोमिटरको रेन्ज प्रदान गर्नेछ । त्यस्तै, ६१ किलोवाटको भेरिएन्टले १७४ बीएचपी पावर उत्पादन गर्नेछ र ४२८ किलोमिटरको रेन्ज दिनेछ। प्रारम्भिक चरणमा ई-भिटारा एकल मोटर कन्फिगरेसनमा मात्र आउने अपेक्षा गरिएको छ, जबकि पछि ड्युअल मोटर संस्करण पनि लाइनअपमा सामेल हुनेछ ।
सो इलेक्ट्रिक एसयूभीको लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम र उचाइ १६३५ एमएम छ। यसको ह्विलबेस २७०० एमएम रहेको छ भने ग्राउन्ड क्लियरेन्स १८० एमएम छ । गाडीको कर्ब तौल भेरिएन्टअनुसार १७०२ देखि १८९९ किलोग्रामसम्म हुने बताइएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...